Tuesday, August 11, 2015

यु–१६ फुटबल च्याम्पियनसिप रतियोगितामा नेपालले माल्दिभ्सलाई ५–० गोलले हरायो

0 comments
काठमाडौं, श्रावण २५ । साफ यु–१६ फुटबल च्याम्पियनसिपको तेस्रो संस्करणमा नेपालले विजयी सुरुवात गरेको छ ।
बंगलादेशको सिलेटमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । मध्यान्तरसम्म तीन गोल गरेको नेपालले मध्यान्तरपछि दुई गोल थपेको थियो ।

नेपाललाई जिताउने क्रममा पे्रजेन तामाङ र सुमन अर्यालले समान दुई गोल तथा लक्ष्मण परियारले एक गोल गरे । जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ ।
दक्षिण एसियाका ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपालको समूह ‘बी’मा माल्दिभ्ससँगै अफ्गानिस्तान रहेको छ । समूहको अन्तिम खेलमा नेपालले शुक्रबार अफगानिस्तनसँग खेल्नेछ । अर्को समूहमा आयोजक बंगलादेशसँगै भारत र श्रीलंका छन् ।

यसअघिका दुबै संस्करण काठमाडौंमा भएका थिए । नेपाल पहिलो संस्करणमा तेस्रो तथा दोस्रो संस्करणमा दोस्रो भएको थियो ।

0 comments:

Like us

 

Search

 
Enjoy the site