Monday, August 10, 2015

गोरखा केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्पको धक्काबाट एक जनाको मृत्यु

0 comments
साउन २५– आज विहान गोरखा केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्पको धक्काबाट अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्क–५मा भूकम्पले चर्किएको रामप्रसाद खत्रीको घर भुकम्पको धक्कासँगै भत्किँदा सोहि घरमा बस्दै आएका प्युठान अर्खा २ का प्रशान्त थापाका ९ बर्षिय छोरा तिलक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । घर भत्किँदा मृतक तिलककी आमा र ६ बर्षिय भाइ घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक युबराज तिमल्सिनाले बताए । घाइतेको उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ । प्रशान्तको परिवार मजदुरीको सिलसिलामा अर्घाखाँचीमा बस्दै आएको बताइएको छ ।



0 comments:

Like us

 

Search

 
Enjoy the site