Monday, August 10, 2015

आफ्नै श्रीमतीलाई उनकी प्रेमिसंगा बिहे गराई दियो

0 comments
 श्राबन २५ : हिन्दी फिल्म फिल्म 'हम दिल दे चुके सनम'मा अजय देवगन आफ्नी पत्नीलार्इ उसका प्रेमीसँग मिलाउन पुरै फिल्ममा प्रयासरत रहेका थिए ।

तर अन्तिममा जब मिलनको समय आयो तब पत्नीलार्इ आफ्नै पतिसँग प्यार हुन पुग्छ । पत्नी प्रेमीलार्इ छोडेर आफ्नै पतिसँग जीवन बिताउने निर्णयमा पुग्छिन् ।

यो कथा त अजय अभिनित हम दिल दे चुके सनम फिल्मको हो । तर भारतको उत्तर प्रदेशस्थित फैजाबाद जिल्लामा फूल चन्दा र सुरजको हम दिल दे चुके समन फिल्मी पटकथालार्इ पनि बिर्साउने अनौठो घटना भएको छ ।

यो सत्य प्रेमकथामा जति धेरै माया र प्रेम छ त्यति नै धेरै समर्पण पनि छ । पत्नीको खुसीका लागि पतिको त्याग एकातिर छ भने अर्कातिर प्रेमीका लागि उनको प्यार पाएको खुसी पनि छ ।

ती पागल प्रेमी जो अर्काकी पत्नीको प्रेममा पागल भएर कसैको घर उजाड पार्न लाग्दै थिए । तर, अर्काकी पत्नीको प्रेममा पागल भएका ती युवाले प्रेमको युद्धमा जित निकालेका छन् ।

यो घटना उत्तर प्रदेशको फैजाबाद जिल्लाको हो । एक युवाले आफ्नी पत्नीको खुसीका लागि उनका प्रेमीसँग बिहे गरिदिएर दुनियाँलार्इ चकित बनाइदिएका छन् ।

फैजाबादको चौरे बजारमा बस्दै आएका फूलचन्दको बिहे दुर्इ वर्ष अघि नजिकैको गाउँकी चन्दासँग भएको थियो । तर, चन्दा बिहै अघिदेखि नै अर्कै युवासँगको प्रेममा थिइन् । बाबुआमाले छोरी गाउँकै सुरजसँग प्रेममा परेको थाहा हुँदाहुँदै उनको बिहे छोरीको मन्जुरीबिना फूलचन्दसँग गरिदिए ।

बिहे भएको केही दिनपछि फूलचन्द कामको शिलशिलामा केही वर्षका लागि सहरतिर पसे । त्यही बेला चन्दाका प्रेमी उनलार्इ भेट्न उनको गाउँमै आइपुगे । चन्दाको बिहेपछि पनि उनीहरुबीचको प्रेम झन झाँगिदै गयो । बिहेपछि टुटेको प्रेम फेरि टुसाउन थाल्यो ।

जब दुर्इ वर्षपछि फूलचन्द रोजगारी गरेर जब आफ्नो गाउँ फर्के तब पत्नी चन्दाले आफू सुरजसँगको प्रेममा रहेको कुरा सुनाइन् । पत्नीले आफूलार्इ ढाँटेर अर्कैको प्रेममा रहेको थाहा पाएपछि फूलचन्द शुरुमा रिसाए । तर केही समयपछि उनी आफैंले पत्नीको बिहे उनका प्रेमीसँग गरिदिने निचोड निकाले ।


शुरुमा रिसाएका फूलचन्दले अन्त्यमा गाउँकै प्रधानपञ्चलार्इ बोलाएर प्रेमीसँग पत्नीको बिहे गरिदिए ।

'मेरो बिहे चन्दासँग भएको थियो, मैले उनलार्इ धेरै खुसी दिउँला भन्ने सोचेको थिएँ', फूलचन्दले भने, 'तर उनी म सँग सन्तुष्ट हुन सकिनन्, उनी सुरजसँग प्रेम गर्दिरहिछन् । प्रेम सफल बनाइदिन पत्नीको बिहे उनका प्रेमीसँग गरिदिएको हुँ ।'

उनी आफैंले पत्नीका प्रेमी सुरजलार्इ फोन गरेर बिहेका लागि बोलाएका थिए । 'मैले आफैंले फोन गरेर सुरजलार्इ बिहेका लागि बोलाएँ', उनले भने, 'सुरजलार्इ बोलाएपछि गाउँका प्रधानपञ्चको रोहबरमा पत्नीलार्इ घरबाट अन्माएर प्रेमीको घर पठाइदिएँ ।'

फूलचन्दका लागि यो काम गर्न त्यति सजिलो भने थिए । तर आफ्नी पत्नीको खुसीका उनले आफ्ना सारा सपनाको गला निमोठे । गाउँका प्रधानपञ्च र केही अन्य छिमेकीको सहयोगमा सुरजको घरसम्म उनैले बिहेको कुरा पुर्‍याए । सुरजको घरबाट फूलचन्दकै घरमा जन्ती आए । जन्ती आएपछि फूलचन्दले गाउँकै मन्दिरमा लगेर आफ्नी पत्नी चन्दा र उनका प्रेमी सुरजको बिहे धुमधामका साथ गरिदिए ।

सुरजका बाबु माता प्रसादका अनुसार उनी एकमात्र छोरा हुन् । सुरजको खुसीका लागि आफू जेसुकै गर्न तयार रहेको माता प्रसादले बताए । छोराकै इच्छा अनुसार उनको बिहे फूलचन्दकी पत्नी चन्दासँग गरिएको माता प्रसादले बताए ।एजेन्सी indiatoday मा समाचार छ



0 comments:

Like us

 

Search

 
Enjoy the site