Friday, August 7, 2015

वैज्ञानिकहरुका अनुसार नेपाल र भारतमा अझै ठुलो भुकम्प जाने खतरा रहेको छ

0 comments
श्रावण २२ । गत बैशाख १२ गते नेपालमा गएको ७.८ म्याग्निच्युटको भूकम्पपछि गरिएका विभिन्न अध्ययनहरुले अझै शक्तिशाली भूकम्पको जोखिम कायम रहेको देखाएका हुन् । वैशाख १२ गते नेपालमा गएको भूकम्पको शक्ति जमिनमुनी सञ्चित भएकाले नेपाल र भारतको पश्चिमी क्षेत्रमा ठूलो भूकम्प जाने अनुमान गरिएको बिबिसीले जनाएको छ । वैज्ञानिकका अनुसार गत बैशाख १२ गते गएको भुकम्पले यो क्षेत्रको जमिनमुनी सञ्चित सबै शक्तिलाई प्रवाह गर्न सकेको छैन र त्यो जमिनमुनिबाटै पश्चिमतिर सरेको छ । वैज्ञानिकहरुले पृथ्वीको सतहमुनिको केही शक्ति पोखरादेखि पश्चिम तथा दिल्लीको उत्तरतर्फ सरेको बताएका छन् । त्यसैले यो क्षेत्रमा मुख्य भूकम्प जान बाँकी रहेको अनुसन्धानले देखाएपछि अब नेपाल र भारतको पश्चिमी क्षेत्रमा विशेष सतर्कता र पूर्व सावधानी अपनाउनुपर्ने आवश्यक भएको बैज्ञानिकहरुले बताएका हुन् । तर, उनीहरुले उक्त भूकम्प कुन परिमाणको हुनेछ र कहिले आउनेछ भनेर चाहिं भन्न नसकिने बताएका छन् ।
अध्ययनमा सामेल वैज्ञानिक प्रोफेसर जाँ फिलिप अभोवाक भन्छन, हामी मानिसहरुलाई डराउन चाहदैनौँ, तर उनीहरु बसिरहेको क्षेत्रमा लामो समयबाट शक्ति सञ्चय भएका कारण सचेत हुन भने आग्रह गर्दछौ । ’
 

0 comments:

Like us

 

Search

 
Enjoy the site