Friday, August 7, 2015

‘फ्रि–भिसा फ्रि–टिकट’ दिएर मलेसियाका रोजगारदाता कम्पनीहरूले नेपाली कामदार लाने भयो

0 comments
श्रावण २२ -मलेसियाका रोजगारदाता कम्पनीहरूले  नेपाल सरकारको पछिल्लो निर्णयअनुसार ‘फ्रि–भिसा फ्रि–टिकट’ मा नेपाली कामदार ल्याउन नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणका लागि धमाधम पेस गर्न थालेका छन् । विभिन्न १७ कम्पनीहरुले फ्रि–भिसा फ्रि–टिकट दिएर ४ सय ७० नेपाली कामदार ल्याउनका लागि प्रमाणीकरण गर्न कागजात दूतावासमा पेस गरेको यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

 दूतावासले बिहीबार एक विज्ञप्ति प्रकाशन गर्दै १० महिला र ४ सय ६० पुरुष कामदारको मागपत्रउपर छानबिन गरी ती कम्पनीहरूको निरीक्षण गरिसकेपछि मागपत्र स्वीकृत गरी पठाउने प्रक्रियामा रहेको जनाएको छ । सरकारले गत असार २१ गते ‘फ्रि–भिसा फ्रि–टिकट’मा मात्र कामदार खाडी र मलेसिया पठाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेपाली कामदारको माग घट्न सक्ने चिन्ता र चासो भैरहेको अबस्थामा मलेसियाली रोजगारदाताले आफूहरूलाई नेपाली कामदारको अभाव भएको भन्दै कामदार ल्याउन धमाधम नेपाली दूतावासमार्फत प्रक्रिया थालेका हुन् ।अन्य कम्पनीहरूबाट पनि प्रक्रियाबारे बुझ्न आउने क्रम छ ।’ दूतावासका अनुसार हाल दैनिकजसो ‘फ्रि–भिसा र फ्रि–टिकट’मा कामदार ल्याउने प्रक्रियाबारे विस्तृतमा बुझ्न रोजगारदाताहरू आउने गरेका छन् । स्रोतका अनुसार हाल आएका मागपत्रमध्ये सेवाअन्तर्गत सहायक क्षेत्र ‘क्लिनिङ’ मा एकै कम्पनीबाट सयजनाको माग आएको छ भने केही कम्पनीबाट ५० जनाका दरले सुरक्षागार्ड माग आएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site