Sunday, August 9, 2015

नयाँ नेपालको ६ प्रदेश यसप्रकार छन्

0 comments
२४ श्राबन - प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित विशेष समितिमा सीमाङ्कनसहितको सङ्घीयताको संविधानको मस्यौदामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सहमति पत्रमा आज मध्यराति हस्ताक्षर गर्नुभएको हो ।

सहमति पत्रमा फोरम (लोकतान्त्रिक) का अध्यक्ष गच्छदारले हस्ताक्षर गरेपनि पार्टीको तर्फबाट भने फरक मत राख्नुभएको छ । सहमति पत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री कोइरालाले जनआन्दोलनको उपलब्धि संस्थागत हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै ढिलै भएपनि सीमाङ्कनसहितको मस्यौदा आएको छ, यो उपलब्धिलाई हामी सबैले गौरव ठान्नुपर्दछ भन्नुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न आस्था र विचार बोके पनि हामी एकताबद्ध भएका छौ। सबैको विचार संविधानमा अङ्कित भएको छ ।” प्रधानमन्त्री कोइरालाले शान्ति र स्थायित्व अहिलेको आवश्यकता भएको उल्लेख गर्दै आजको सहमतिले मुलुक आधुनिक युगमा प्रवेश गरेको हुँदा आठ÷दश वर्षमै मुलुक समृद्ध हुने बताउनुभयो ।

संविधानसभा, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले शक्ति सन्तुलनको साझा दस्तावेजका रुपमा संविधान रहने भएकाले यसको सुधार र परिमार्जनको अझै केही चरणहरु बाँकी रहेको बताउनुभयो ।

फोरम (लोकतान्त्रिक)का अध्यक्ष गच्छदारले पार्टीको भिन्न मत भएपनि संविधान निर्माणको प्रक्रिया अघि बढाउन आफूले फरक मतसहित हस्ताक्षर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलुक सबैभन्दा ठूलो हो, यथास्थितिमा रहँदा कसैलाई फाइदा हुदैन, संविधान निर्माणको चरणमा सबैले सघाउनुपर्ने आजको आवश्यकता हो ।”

 प्रदेश १
मा झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर र ताप्लेजुङ ।

प्रदेश २
 सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतटह, बारा र पर्सा ।

प्रदेश ३
सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र ललितपुर ।

प्रदेश ४
मा गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दी, मनाङ, कास्की, मुस्ताङ र नवलपरासीको बर्दघाटबाट सुस्ता पूर्व र बागलुङको पूर्वी भाग ।

प्रदेश ५
नवलपरासीको सुस्ता पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, रुकुमको पूर्वीभाग र बागलुङको पश्चिमी भाग ।

प्रदेश ६ 
रुकुमको पश्चिम भाग, सल्यान, डोल्पा, जाजरकोट, सुर्खेत, कैलाली, कञ्चनपुर, जुम्ला, कालीकोट, दैलेख, मुगु, हुम्ला, बाजुरा, अछाम, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा ।

६ प्रदेश बन्दा कुनै जिन्ला टुक्रियो
६ प्रदेशको सीमांकनमा भएको सहमति अनुसार नवलपरासी, बागलुङ र रुकुम जिल्ला आफ्नो विकास क्षेत्रबाट टुक्रिएका छन् । बागलुङ र नवलपरासी पश्चिमाञ्चल विकासक्षेत्रका जिल्ला हुन् । रुकुम मध्यपश्चिमाञ्चल विकास क्षेत्रको जिल्ला हो ।

बाग्लुङ र नवलपरासीका पूर्वी भाग चार प्रदेशमा र पश्चिमी भाग पाच प्रदेशमा परेका छन् । भने, रुकुम पुरै सुदूरपश्चिममा परेको छ ।



६ प्रदेशको सीमांकनमा भएको सहमति अनुसार नवलपरासी, बागलुङ र रुकुम जिल्ला आफ्नो विकास क्षेत्रबाट टुक्रिएका छन् । बागलुङ र नवलपरासी पश्चिमाञ्चल विकासक्षेत्रका जिल्ला हुन् । रुकुम मध्यपश्चिमाञ्चल विकास क्षेत्रको जिल्ला हो ।
बाग्लुङ र नवलपरासीका पूर्वी भाग चार प्रदेशमा र पश्चिमी भाग पाच प्रदेशमा परेका छन् । भने, रुकुम पुरै सुदूरपश्चिममा परेको छ ।
- See more at: http://dainiknepal.com/2015/81086.html#sthash.BMOl1N8J.dpuf

0 comments:

Like us

 

Search

 
Enjoy the site