Wednesday, August 26, 2015

एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना मारिएको घटनामा संलग्न १० जनालाई पक्राउ

0 comments
९ भाद्र २०७२ काठमाडौँ  - कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना मारिएको घटनामा संलग्न भएको आशंकामा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा जोशिपुर–४ बस्ने ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्कबहादुर चौधरी, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष ४४ बर्षीय रामप्रसाद चौधरी, दरख–६ नारायणपुर बस्ने १७ बर्षीय रामजनम चौधरी, मनुवा–१ बस्ने २० बर्षीय राम कुमार कठरीया, २७ बर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिलबहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया मनुवा–४ बस्ने २२ बर्षीय हरिनारायण चौधरी र भजनि–५ बस्ने ४१ बर्षीय प्रेम बहादुर चौधरी छन् ।

प्रदर्शनका क्रममा ७ भदौमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्याम बहादुर खड्का र प्रहरी जवान लोकेन्द्र बहादुर चन्द तथा सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारु मारिएका थिए ।

0 comments:

Like us

 

Search

 
Enjoy the site