Wednesday, August 26, 2015

बैदेशिक रोजगारीमा कार्यरत रहदै आएका दुई नेपालीको मृत्यु

0 comments

बैदेशिक रोजगारीको शिलशिलामा ओमानमा कार्यरत रहदै आएका दुई नेपालीको मृत्यु भएको छ । कसेनी-२ शिकारकोटका भवन सिंह गाहा तथा हटिया-७ बाग्लुङका गमबहादुर खत्रीको मृत्यु भएको हो । bhawansingh gahaपाल्पाका भवनसिंह ४ बर्षअघि ओमान आई पुगेका थिए । ओमानस्थित सि.सि.सि कम्पनीमा कार्यरत २८ बर्सिय गाहा (पासपोर्ट नं ०८२६१३२९) को आफ्नै कोठामा सुतिरहको अवस्थामा गत २१ अक्टोवरका दिन मृत्यु भएको थियो । मृत्युको कारण प्राकृतिक भनिएको छ । त्यस्तै हटिया ०७ बाग्लुङका गमबहादुर खत्री (पासपोर्ट नं २७४६५०२) ले मंगलबार आफ्नै निवास बाहिर रहेको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् । इ.सं १९८४ मा जन्म भएका खत्री २ बर्षअघि जहुर अन्मार टे्रडिङ एल.एल.सि. मा आएका थिए । gam bahadur khatriखत्रीको मृत्युको कारण खुल्न सकेको छैन । कम्पनीले उनको मृत्युबारे केही प्रतिक्रिया दिएको छैन । नेपाली दुतावास श्रम सहचारी भवनाथ खतिवडाका अनुसार दुबै मृत्यु भएका नेपालीहरुको पार्थिव शरिरलाई यथाशिघ्र नेपाल पठाउनको लागि कानुनी प्रक्रिया थालिएको जानकारी दिए ।

0 comments:

Like us

 

Search

 
Enjoy the site