Wednesday, August 26, 2015

क्वालालम्पुरस्थित एक डान्स बारमा तीन नेपाली युवती पक्राउ

0 comments
९ भाद्र -मलेसियाको क्वालालम्पुरस्थित एक डान्स बारमा यौनजन्य कृयाकलाप गरेको आरोपमा तीन नेपाली युवती सहित १३ जना मंगलबार पक्राउ परेका छन् ।

 उनीहरूलार्इ यहाँस्थित अध्यागमनले मंगलबार बारमा छापा मारी पक्राउ गरेको हो । नेपाली युवतीसहित चार भारतीय र दुर्इ बंगलादेशी युवती पनि पक्राउ परेका छन् ।

 बारमा याैनजन्य कृयाकलाप गरेको अारोपमा पक्राउ पर्ने अन्यमा पाकिस्तानी र बंगलादेशी युवा रहेको यहाँको अध्यागमनले जनाएको छ । बारबाट एकजना  मलेसियन युवा पनि  पकाउ परेका छन् ।

 नेपालबाट डान्स बारमा नाच्न नेपाली युवती ल्याइने चर्चा सुनिए पनि मलेसियन बारबाट नेपाली युवती पक्राउ परेको यो पहिलो घटना हो ।

 पक्राउ परेकाहरूलाई केएलआइए अध्यागमनको हिरासत मा राखेर अनुसन्धान थालिएको छ । पक्राउ परेका नेपाली युवतीहरूको थप विवरण भने खुलइएको छैन ।
 अन्नपूर्णपोष्टबाट -











picture illustration purposes only

0 comments:

Like us

 

Search

 
Enjoy the site