Friday, August 28, 2015

नेपाल अन्डर नाइन्टिन साफ च्याम्पियन्सिप फुटबलको फाइनलमा प्रवेश

0 comments
काठमाडौं, ११ भदौ । नेपाल अन्डर नाइन्टिन साफ च्याम्पियन्सिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको सेमिफाइनमा अफ्गानिस्तानलाई ३ – २ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालका लागि अन्जन विष्टले दुई र सुनिल पालले एक गोल गरेका थिए ।

खेलको ५० औं मिनेटमा बल जोगाउने क्रममा अनन्त तामाङले आत्मघाती गोल गरेका थिए ।

अब नेपालले बिहीबार हुने बंगलादेश र भारतबीचको सेमिफाइनल विजेतासँग फाइनल खेल्नेछ ।



0 comments:

Like us

 

Search

 
Enjoy the site