Below slider

Content left

Content right

 

Friday, August 28, 2015

लिपुलेकमा बस्ने नेपालीहरु भन्छन ‘तिम्रो सरकारले के दियो, भारतले सबथोक दिएको छ ।’

0 comments
काठमाडौं, भदौ ११ – लिपुलेकको एक नम्बर पिल्लरसम्म पुगेर फर्केका वैद्य माओवादी संवद्ध अखिल (क्रान्तिकारी) का नेताहरुले त्यहाँ बस्ने अधिकांश नेपालीहरुसँग दोहोरो नागरिकता रहेको बताएका छन्
लिपुलेकबाट फर्केपछी बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष रत्न ढकालले भने, ‘लिपुलेकमा बस्ने नेपालीहरुले खुलेआम भारतिय नागरिकता देखाउँदै हामीलाई सोधे, ‘तिम्रो सरकारले के दियो, भारतले सबथोक दिएको छ ।’

सिमानामा खुलेआमा दोहोरो नागरीकता वितरण गरिएको बारे आफ्नो संगठनले सरकारको ध्यानाकषर्ण गराउने ढकालले बताए । उनका अनुसार सीमाका बासिन्दालाइ सीमा मिचीएको बारे कुनै मतलव छैन ।

बरु काठमाडौंमा बस्नेहरुले सीमाको कुरा उठाउँदा उनिहरुले समस्या महसुस गर्ने गरेको विद्यार्थी नेता विरेन्द्र बस्नेतले बताए ।

दश दिनको भौगोलिक कठिनाइ चिरेर लिपुलेक पुग्दा ठुलो जोखिम मोल्नुपरेको उल्लेख गर्दै कैयौं ठाउँमा विद्याथी नेताहरुले ज्यान हत्केलामा राखेर अगाडी बढेको (अखिल क्रान्तिकारी) ले जनाएको छ ।

आफ्नो संगठन त्यहाँ जाने कुरा थाहा पाएपछी भारतिय सिमा सुरक्षा बलले ठाउँ–ठाउँमा तुईन काट्ने र बत्तिको लाईन काटिदिएर समस्या सिर्जना गरेको सो संगठनले दाबी गरेको छ ।

अध्यक्ष ढकालका अनुसार स्थानियमा आक्रोशको रफ्तार बढाउनका लागि भारतिय सिमा सुरक्षा बलले बिजुली र तुईन काटेको थियो । उनले भने, ‘त्यसो गर्न सकेमा नेपाली भुमिमा बस्दै आएकाहरुले नै हामीलाई असहयोग गर्नेमा भारतिय सिमा सुरक्षा बल विश्वस्थ रहेको पाईयो ।’

त्यस्तै लिपुलेकको घना जंगलबाट ठुलो संख्यामा बन्यजन्तु तस्करी हुँदा पनी नेपाली प्रहरीहरु मुकदर्शक बन्ने गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ । लिपुलेक पुगेर फर्कनेहरुका अनुसार लिपुलेक जाने बाटोमा पर्ने होटलहरुमा जंगली जनावरको सुकुटी र बावुराम नामक रक्सी छ्यापछ्याप्ती पाईन्छ ।

वैद्यका विद्यार्थिहरुसँगै लिपुलेक पुगेका एक पत्रकारका भन्छन्, ‘त्यहाँ जिन र भर्जिन भन्दा पनी बावुराम रक्सी र जंगली जनावरको सुकुटी लोकप्रिय रहेछ ।

लिपुलेकमा चामल नपाउने हुनाले त्यहाँ जौ को ढिँडो निकै लोकप्रिय बनेको छ ।

त्यस्तै भारत र चिनले लिपुलेक हुँदै दैनिक सयौं खच्चरहरु मार्फत सामान ओसार पसार गर्ने गरेको भएपनी नेपालको प्रशासनले भन्सार प्रणाली लागु गर्न नसकेको उनिहरुले बताएका छन् । गएको साउन २३ गते काठमाडौंबाट लिपुलेक हिँडेका विद्यार्थिहरु ३२ गते लिपुलेकको एक नम्बर पिल्लरमा पुगेका थिए । त्यहाँबाट उनिहरु कञ्चनपुर हुँदै भदौ पहिलो साता काठमाडौं फर्केका थिए । श्रोत साभार :रातोपटी 

0 comments:

Like us

 

Search

 
Enjoy the site