Friday, August 28, 2015

२२ बर्षको उमेरमा गुजरात हल्लाउने हार्दिक पटेल

0 comments
अहमदाबाद– २२ वर्षीय हार्दिक पटेलले पटेल समुदायलाई आरक्षणको माग गर्दै सुरु गरेको आन्दोलनका कारण गुजरात अस्थिर भएको छ । हार्दिकको आन्दोलनका कारण विगत दुई दिनदेखि लगातार कर्फ्यू लगाइएको छ भने नौ जनाले आफ्नो ज्यान गुमाइसकेका छन्। स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ । दुई महिना अगाडि अपरिचित हार्दिक अहिले पुरै भारतभर चर्चित भएका छन् । निकै महत्वकाक्षी २२ वर्षीय हार्किकको परिवार र उनका गुरुलाई भने उनी एक दिन चर्चित बन्ने थाहा थियो ।

भारतीय संचारमाध्यमका अनुसार उनी अन्य मानिस भन्दा अगल देखिन्थे । उनको जन्म २० जुलाई १९९३ मा अहमदाबादको वीरम गाउँमा बुवा भरतभाईर आमा उषाबेनको घरमा भएको हो । स्कुलको पढाइ गाउँको दिव्यज्योत स्कुल र केबी शाह हाइयर सेकेन्डरी स्कुलमा भएको हो । दार्हिकलाई पढाउने शिक्षकका अनुसार उनको पढाइ औषत थियो भने क्रिकेटमा भने विलक्षण प्रतिभा । स्कुल र कलेजमा हार्दिकको स्वभाव अन्र्तमुखी भएपनि नेतृत्व क्षमतामा भने गजवको थियो ।

स्कुल कलेजमा कुनै कार्यक्रम वा क्रिकेट खेलमा सधैं हार्दिक अगाडि देखिन्थे । हार्दिकमा आमा उषबेनका अनुसार उनी निडर स्वभावका छन् । उनले कसैको विषयमा कुनै गुनासो गरेका छैनन् । जस्तोसुकै समस्या आफैं सुल्झाउँछन् । क्रिकेटर मैदानदेखि आरक्षणको मञ्चसम्मको यात्रा तय गरेको हार्दिकको यात्रा भने घरबाटै सुरु भएको थियो । हार्दिककी बहिनी मोनिकाको १२ कक्षामा ८४ प्रतिशत आएपनि राज्यले दिने छात्रबृत्ति उनले पाइनन् । यसबाट हार्दिकलाई दुःख लाग्यो ।

अझ मोनिकाका ८१ प्रतिशत ल्याउने साथीले छात्रबृत्ति पाएको थाहा पाएपछि उनले आफूँलाई रोक्न सकेनन् । मोनिकाका अनुसार उनी जिल्ला टपर थिइन् र नियम अनुसार छात्रवृत्ति आफूले पाउनुपर्ने थियो । मलाई दिइएन तर मेरी साथीले भने पाए । यही कुराबाट हार्दिकले आरक्षणको मुद्दा उठाए र दुइ महिनामा आन्दोलनले गुजरात अस्थिर भएको छ ।


0 comments:

Like us

 

Search

 
Enjoy the site