Thursday, August 6, 2015

बैदेसिक रोजगारीको आकर्षक गन्तब्य इजरायल पुन खुल्यो

0 comments
काठमाडौँ , २१ श्राबन - बैदेसिक रोजगारीको आकर्षक गन्तब्य बिशेस गरि महिला कामदार जाने मुलुक इजरायल बिगत ५ बर्ष देखि  म्यानपावर व्यवसायीहरुले एउटै कामदारबाट १० लाखसम्म उठाएपछि इजरायली सरकारले नै रोकलगाएको गन्तव्य श्रम तथा रोजगार मन्त्रालयको लामो पहलपछि इजरायली सरकार नेपाली  महिला कामदार लैजान सहमत भएको हो।महिला कामदार इजरायल लैजाने सम्बन्धमा भोलि शुक्रबार सम्झौता हुँदैछ । श्रम तथा रोजगार मन्त्रालयमा दुई देशका अधिकारीबीच कामदार लैजाने विषयमा हस्ताक्षर हुँदैछ।
 
 श्रमराज्यमन्त्री टेकबहादुर गुरुङका अनुसार पाइलट प्राजेक्टका रुपमा पहिलो लटमा ६० जना महिला कामदार पठाउनेछन् र त्यसपछि आएको फिड ब्याक अनुसार कामदार पठाउने कि नपठाउने भन्ने निर्णय लिने बताए।'

५ वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल सरकारले महिला कामदार लैजाने भएको छ। श्रम तथा रोजगार मन्त्रालयको लामो पहलपछि इजरायली सरकार नेपाली  महिला कामदार लैजान सहमत भएको हो। महिला कामदार इजरायल लैजाने सम्बन्धमा भोलि शुक्रबार सम्झौता हुँदैछ । श्रम तथा रोजगार मन्त्रालयमा दुई देशका अधिकारीबीच कामदार लैजाने विषयमा हस्ताक्षर हुँदैछ।

'पाइलट प्राजेक्टका रुपमा हामीले  महिला कामदार इजरायल पठाउन लागेका छौं', श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले सेतोपाटीसँग भने 'पहिलो लटमा ६० जना महिला कामदार पठाउँदैछौं। उनले त्यसपछि आएको फिड ब्याक अनुसार कामदार पठाउने कि नपठाउने भन्ने निर्णय लिने बताए।' मन्त्री गुरुङले भने 'अव न्युनतम ६० देखि ६५ हजार तितेर  नेपाली महिला त्यता जान सक्छन् ।' महिला कामदारले एक महिनाको १ लाख देखि १ लाख २५ हजार कमाउन सक्ने गरी सम्झौता गर्न लागेको उनले बताए।इजरायलमा पुरुषभन्दा महिला कामदारको माग बढी रहेको उनले सुनाए।भबिस्यमा महिला मात्र होइन पुरुष कामदारपनि इजरायल जान्छन् तर पुरुषका माग एकदम कम आउने भएकाले हाउस गिभरमा महिलालाई त्यता पठाउने विषयमा मन्त्रालयले पहल गरेको हो' उनले भने । एकताका इजरायलमा ८ हजार नेपाली महिला कामदार थिए । अहिले भने २ देखि ३ हजारको बीचमा नेपाली महिला कामदार इजरायलमा छन् ।  श्रोत :सेतोपाटी  


0 comments:

Like us

 

Search

 
Enjoy the site