Wednesday, August 5, 2015

गर्भवती अबस्थामा महिलाहरुले ख्याल गर्नुपर्ने कुराहरु

0 comments
 एउटी आमाका लागि गर्भवती हुनुजस्तो सुन्दर कुरा अरु के हुन सक्छ । एउटा नयाँ जीवनलाई यो धर्तिमा अवतरण गराउने प्रक्रिया मात्रै होइन, स्वस्थ र सुन्दर सन्तान जन्माउने पूर्वतयारी पनि हो । गर्भावस्था महिलाको धेरै देखभाल गर्ने समय मात्रै होइन, नयाँ सन्तानको देखभाल पनि गर्नु हो । किनभने गर्भवती महिलामा हुने स्वास्थ्यको गडबडीको असर सिधै गर्भमा रहेको सन्तानमा पर्छ ।
१) फोलिक एसिडको पर्याप्त मात्रा लिन जरुरी छ । हरियो सागसब्जिमा यो पाइन्छ । फोलिक एसिडले बच्चाको जन्मसँग जोडिएको संकटबाट जोगाउन सघाउँछ ।
२) फलफूल खानु त असाध्यै जरुरी छ । तर, कुनै पनि फलफूल खानुअघि त्यसको सरसफाइमा भने ध्यान दिनुहोस् ।
३) यो समयमा अण्डा, चिकेन र माछा खान फायदाजनक हुन्छ । तर, पकाउन भने राम्रैसँग पकाउनुपर्छ ।
४) प्रोटिनयुक्त खाना धेरै भन्दा धेरै खानुपर्छ । प्रोटिनले बच्चाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
५) आफ्नो खानपानको ख्याल राख्नुका साथै डाक्टरको सल्लाह र लगाउनुपर्ने भ्याक्सिनलाई कहिल्यै नछुटाउनुहोस् ।
६) जंकफुड खाने बानी छ भने आजै छाड्नुहोस् । यसमा उच्च फ्याट हुन्छ । जसका कारण कोलोस्ट्रोल बढ्ने खतरा हुन्छ ।
७) गर्भावस्थामा सम्पूर्ण तत्व मिसिएको सन्तुलित आहार जरुरी छ । खाना कत्तिको सन्तुलित आहारयुक्त छ बिचार गर्नुहोस् ।
८) नियमित हल्का एक्सरसाइज गर्नुहोस् ।

0 comments:

Like us

 

Search

 
Enjoy the site