२९ भदौ २०७२- निजामती कर्मचारीहरुको तलव सुविधा कति होला । अर्थमन्त्रालयले एक वर्षअघि तोकेको तलव अनुसार निजामती कर्मचारीको सबैभन्दा ठूलो पद मुख्य सचिवको तलव एक महिनाको ४३ हजार ६ सय ७० रुपैयाँ छ । सचिवले प्रत्येक महिना ४१ हजार १३० रुपैयाँ बुझ्छन् ।
सहसचिवले ३२ हजार १ सय २० उपसचिवले २७ हजार ३ सय ७० र शाखा अधिकृतले २४ हजार ४ सय रुपैयाँ पाउँछन् । मूख्य सचिव, सचिव र सहसचिवले सवारी, त्यसको चालक र पेट्रोल, डिजेल सुविधा पनि पाउँछन । नायव सुब्बाको १८ हजार ८ सय रुपैयाँ र खरिदारले १७ हजार ७ सय ३० पाउँछन् ।
कार्यालय सहयोगीको ५ वटा स्तर छ । सबैभन्दा तल्लो स्तरको सहयोगीको तलव १२ हजार ९ सय ८० छ । माथिल्लो कार्यालय सहयोगीले एक महिनामा १७ हजार ४ सय १० बुझ्छन् । ठूला सवारी चालकले तह अनुसार रकम पाउछन्। उनीहरुले १५ हजार ८ सय १० देखि २२ हजार ७ सय ६० सम्म पाउँछन् ।
हल्का सवारी चालकको मासिक तलव १४हजार ६ सय ७० देखि २१ हजार ७ सय ४० रुपैयाँ बुझ्छन् । सबैभन्दा तल्लो पद हुलाकीले १३ हजार २ सय ६० देखि १७ हजार ८ सय ७० रुपैयाँ पाउँछन् । श्रोत:सेतोपाटी

0 comments:
Post a Comment