Wednesday, September 16, 2015

रुपन्देहीको बेथरीमा ४ वर्षे नाबालकसहित ४ जनाको मृत्यु

0 comments
२९ भदौ २०७२ - रुपन्देहीको बेथरीमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको छ ।
प्रहरीले सुरक्षा दिँदै गन्तव्यतर्फ लैजाँदै गरेको ट्रकमाथि आन्दोलनकारीले आक्रमण गरेपछि झडप भएको हो । प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा गोनाहा ६ का ३५ वर्षका राजकुमार बराई, ३५ वर्षकै बिन्दु लाकोल र १४ वर्षकी रञ्जना क्षेत्रीको मृत्यु भएको छ । अर्का ४ बर्षिय बालक नन्दन कुमार पटेलको पनि मृत्यु भएको छ । तर प्रहरीले भने नन्दन बाहेक अन्य व्यक्तिहरुको भने मृत्यु भएको पुष्टि गरेको छैन ।
आन्दोलनकारीको ढुंगा लागेर ५ प्रहरी पनि घाईते भएका छन् भने ४ वटा गाडि तोडफोड गरेका छन् ।
भैरहवा–लुम्बिनी सडकखण्डमा गरिएको आक्रमणपछि प्रहरीले सुरक्षार्थ हवाई फायर गरेको छ । सो सडकखण्डमा रहेको इलाका प्रहरी कार्यालय बेथरी नजिकै भैरहवाबाट गइरहेका मालबाहक ट्रकमाथि आन्दोलनकारीले ढुङ्गा हानेपछि झडप भएको प्रहरीले जनाएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site