काठमाडौँ, २९ भदौ : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले संविधानसभाले असोज तीन गते सार्वजनिक गर्ने संविधानको विरोध गर्दै संघर्षका कार्यक्रमसहित पार्टीको धारणा सार्वजनिक गरेको छ । तीन दलले जबरजस्त जनविरोधी संविधान जारी गर्न लागेको भन्दै विप्लब माओवादीले असोज ३ गते नेपाल बन्दको आयोजना समेत गरेको छ ।
‘कथित तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले २००७ सालदेखि गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको महान् जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जनआन्दोलनका राजनैतिक एजेण्डा, त्यसका निम्ति हजारौं सहिदहरुले बगाएको रगत, वेपत्ता तथा घाईते योद्धाहरुको बलिदान, लाखौं परिवर्तनकामी नेपाली जनताको लगानी र चाहानको ठिक विपरित छ’ पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा आन्दोलनरत पक्षको कुराको सुनुवाई नगरी जबरजस्त संविधान घोषणा गर्ने कार्यले राज्यको अग्रगामी पूनर्संरचना गर्न माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, वृहत शान्ति सम्झौंता र माओवादी र संसदवादी शक्तिबीचको सहकार्य समाप्त भएको बताएको उल्लेख छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjCM_4LYTSqFR_Z9Ydp1wfJ0oW6yhJ6BnzjjT_PoIYDlw4H5JbItQoikhVfFobrewMZyNvzLD-R_J2zF8ifG0sOS5yWnVqnYuihdm-wlOq_Hk0RkXOBwSzc4BZxARBJOtOLpfv4DTWKlB1q/s640/Biplab.jpg)

0 comments:
Post a Comment