
आजको मितिदेखि असोज २८ गतेसम्म दर्खास्त भर्न सकिनेछ। जंगी अड्डा भद्रकाली, सुपरेटार ब्यारेक हेटौंडा, निमारे ब्यारेक सुर्खेत, इटहरी ब्यारेक सुनसरी, विजयपुर व्यारेक पोखरा र राजपुर व्यारेक दिपायलबाट आवेदन भर्न सकिन्छ। दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ।
प्रमाणपत्र तह वा सो सरह तथा स्नातक तह उत्र्तिण गरेकाले आवेदन दिन सक्नेछन्। उचाई पुरुषका लागि कम्तीमा ५ फिट ३ इन्च र महिलाका लागि ५ हुनुपर्नेछ। छाती नफुलाउँदा ३२ इन्छ र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ। तौल पुरुषका लागि कम्तीमा ५० र महिलाका लागि कम्तीमा ४० केजी हुनुपर्नेछ। कुनै फौजदारी अभियोग नलागेको तथा उमेरको हदमा १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ। श्रोत:सेतोपाटी
0 comments:
Post a Comment