Saturday, September 26, 2015

नेपाल र भारत सिमा क्षेत्रमा नाकाबन्दी जारी, उपत्यकामा इन्धन अभाव

0 comments

९ असोज २०७२ - भारतले औपचारिक घोषणाबीना नै आज तेस्रो दिन पनि सिमा क्षेत्रमा नाकाबन्दी जारी राखेको छ । नेपाल भारत सिमा नाकाबाट कुनै पनि सवारी साधन नेपालतर्फ आउन सकेका छैनन् । भारतको नाकाबन्दी संगै सिमापारि भन्सार क्षेत्रमा इन्द्यन, खाद्य सामाग्री र लत्ताकपडाका हजारौ सवारी साधन थन्किएका छन् । भारतीय सिमा नाकाबाट दैनिक २ हजार ५ सय सवारी साधन आउने गरेकामा अहिले पुरै ठप्प छ । भारतले नेपालको राजीतिक अस्थिरतालाई कारण देखाउदै सिमामा कडाई गरेको बताएपनि उसले अधोषित रुपमा नाकाबन्दी गरेको सरकारले निश्कर्ष निकोलेको छ । नेपालको तराइ क्षेत्रमा भएको आन्दोलनकारीका माग सम्बोधन गर्न दवाव दिदै भारतले नाकावन्दी गरेको हो । उसले हिजो बिज्ञप्ति निकाली तराइको समस्या समाधान गर्न पुन दवाव दिएको छ । नाकावन्दीबारे नेपाल सरकारले हिजो भारतिय राजदुतसंग स्पष्टीकरण लिएको थियो । यता आयल निगमले २ हप्ता सम्मलाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण रहेको बताएपनि उपत्यकामा इन्धनको हाहाकार मच्चिएको छ । राजधानीका पेट्रोलपम्पमा सवारी साधनको लामो लाइन लागेको छ । धेरै पम्प इन्धन नभएपछि बन्द गरिएको छ । सीमामा कडाईका बाबजुद २  हप्तालाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण रहेको भन्दै निगमले आवश्यक भन्दा वढी इन्धन संञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ । निगमसंग २३ हजार किलोलिटर पेट्रोल र डिजेल संचित रहेको  निगमका प्रवक्ता दिपक बरालले जानकारी दिए । पेट्रोल दैनिक ३ सय ३५ किलोलिटर माग हुदै आएकोमा अवाभ भएसंगै उपभोक्ताले संचित गर्न थालेपछि वजारमा अहिले ४ सय किलोलिटर भन्दा वढी माग भईरहेको निगमले जनाएको छ । यस्तै डिजेलपनि साविक भन्दा १ सय किलोलिटर वढी दैनिक ५ सय किलोलिटर हाराहारीमा माग भईरहेको छ । तराईमा झण्डै २ महिनादेखिको आन्दोलनलाई कारण देखाएर भारतीय पक्षले कडाई गरेपछि १ सय भन्दा वढी टयाङकर र २ सय वुलेट ग्यास भन्सारमै थन्किएका छन् ।

0 comments:

Like us

 

Search

 
Enjoy the site