Saturday, September 26, 2015

फेसबुकमा अश्लिल फोटाहरु ट्याग गर्न नमिल्ने बनाउन अपनाउनुहोस् यी उपायहरु

0 comments
९ असोज २०७२ - नकारात्मक सन्देश दिने वा अश्लिल फोटाहरुमा पनि कहिलेकाँही अरुले ट्याग गरिदिने गर्छन्।

यसले प्रयोगकर्तालाई समस्या बनाइरहेको भए यसको समाधान सजिलै गर्न सकिन्छ जसका बारेमा धेरै जसो फेसबुक प्रयोगकर्ताहरुलाई थाहा नहुन सक्छ।

फेसबुकमा ट्याग गर्न नमिल्ने बनाउनका लागि सबैभन्दा पहिले सेटिङमा जाने।

त्यसपछि जेनरल एकाउण्ट सेटिङ (General Account Settings) को पेज खुल्छर यसको बाँया पट्टि धेरै अप्सनहरु रहेका हुन्छन्।

यी अप्सनहरुबाट टाइमलाइन एण्ड टगिङ सेटिङ (Timeline and Tagging Settings) को अप्सनमा क्लिक गर्ने जसमा तीन वटा अरु अप्सनहरु आउँछन्।

यसमध्ये तेस्रो अप्सन म्यानेज ट्याग पिपल वा ट्यागिङ सजेसन हुन्छ। यसको भित्र हुने तेस्रो अप्सन "Who sees tag suggestions when photos that look like you are uploaded"  लाई  'No One' बनाउने।

यति गरिसकेपछि फेसबुकमा नचाहिने फोटाहरु ट्याग हुने झमेलाबाट टाढा रहन सकिन्छ।

0 comments:

Like us

 

Search

 
Enjoy the site