Saturday, September 26, 2015

बिस्वको लामो तथा ५९० फिट आग्लो शिशाको पुल चीनमा निर्माण भयो

0 comments
९ असोज २०७२ । चीनमा निर्मित नयाँ ५९० फिट अग्लो झोलुंगे पुल चढ्न पुगेका एक हुल पर्यटकहरुले सायद जीवनमा कहिल्यै नगरेको अनुभव गरे । सिसाको सतह भएको पुलमा पार गर्ने क्रममा उनीहरु धेरैपटक रिंगटा लागेर थचारिएका थिए ।
यो अद्भूत संरचना चीनको हुनान प्रान्तमा अवस्थित छ । पिपुल्स डेली अनलाइनले पुलमा पहिलोपटक हिँडेका पर्यटकको तस्वीर प्रकाशित गरेको छ जसमा उनीहरु डरले कक्रक्क परेका देखिन्छन् । केहि युवतीहरु हिँड्नै नसकेर अरुले सहारा दिनु परेको छ ।
यसअघि शीनिउझाईस्थित स्टोन बुद्ध माउन्टेनका दुई चुचुराहरुलाई जोड्ने काठको पुल थियो । अहिले ९८४ फिट लामो सिसाको संरचना बनाइएको हो । ११ जना इन्जिनीयरहरुको समूहले थुप्रै महिना लगाएर काठलाई सिसाले प्रतिस्थापन गरेका थिए । यसलाई संसारकै पहिलो सिसाको सतहयुक्त झोलुंगे पुल भनिएको छ ।

समाचार अनुसार पहिलोचोटी यस्तो पुल टेक्ने क्रममा थुप्रैको सातो गएको थियो । कोहि एक अर्कालाई सहारा दिएर हिँडिरेहका देखिन्थे भने कोहि पुलको रेलिङको आड लिइरहेका थिए । पुलको मुन्तिर हेर्दै कहालिएको आवाज पनि पटक पटक सुनिएको थियो । मानिसहरुको चाप भएको बेलामा पुल हल्लिदा झनै आतंक मच्चिन्थ्यो ।
यद्यपि पुल वरिपरीको दृष्यले धेरै पर्यटकहरुलाई मोहित बनायो । यो पुलको चित्ताकर्षक सौन्दर्यले गर्दा यसलाई ‘हिरो पुल’ नाम दिन थालिएको छ । यस पुलमा प्रयोग गरिएको शीशा झ्यालमा हालिने सामान्य खालको सिसा भन्दा २५ गुणा बलियो रहेको जनाइएको छ ।पुलमा हिँड्दा हिँड्नेहरुलाई विशेषखालको जुत्ता लगाउन दिइन्छ, ताकि उनीहरु नचिप्लिउन् भनेर ।

सिसाका संरचनाहरु आजकाल चीनमा निकै लोकपि्रय भइरहेका छन् । हालै मात्र हुबेईस्थित एक पर्यटकीय स्थलमा सिसाको एलिभेटर सञ्चालनमा आएको छ, जसमा चढेर पहाडको टुप्पोमा पुग्न सकिन्छ ।








0 comments:

Like us

 

Search

 
Enjoy the site