Sunday, September 20, 2015

बिहेअघि यौनसम्बन्ध राखेको आरोपमा एक महिलालार्इ यस्तो सजाय

0 comments
विश्वमा सबैभन्दा बढी मुस्लिम धर्मावलम्बीको बसोबास रहेको इन्डोनेसियामा बिहेअघि यौनसम्बन्ध राखेको आरोपमा एक महिलालार्इ कोर्रा बर्साइएको छ ।बिहेअघि नै एक पुरुषसँग यौनसम्बन्ध राखेको भन्दै इन्डोनेसियाको बन्दा अकेह प्रान्तमा सार्वजनिकस्थलमा ल्याएर ती महिलामाथि कोर्रा हानिएको हो ।

सरिया कानुनको हवाला दिँदै ती महिलालार्इ सयौं मानिसहरुका अगाडि कोर्रा हानेर सजाय दिइएको हो ।माथिको तस्बिरमा एक महिला सेतो कपडा पहिरिएर घुँडा टेकी शिर झुकाएर बसेको देखिन्छिन् । उनीमाथि सयौं मानिसको बीचमा सुरक्षाकर्मीकै अगाडि कोर्रा हानिएको हो ।

जुम्मेको नमाजपछि एक मस्जिद बाहिर यौन अपराध र खेलका क्रममा बाजी थापेको आरोपमा ३ महिला र १४ पुरुषलार्इ कोर्रा हानेर सजाय दिइएको हो ।सबैभन्दा मुस्लिम बसोबास गर्ने इन्डोनेसिस्थित बन्दा अकेह यस्तो एकमात्र प्रान्त हो, जहाँ सरिया कानुन लागू गर्ने कानुन सरकारले दिएको छ ।

यसभन्दा अघि गत जुनमा पनि महिला र केही पुरुषमाथि सार्वजनिक स्थामा कोर्रा हानेको तस्बिर बाहिरए आएको थियो ।त्यो बेला तीन जोडीलार्इ सँगै बसेको भनेर कोर्रा हानिएको थियो । अनम्यारिड विश्वविद्यालयका विद्यार्थीहरुलार्इ एक साथ समय बिताएको भन्दै कोर्रा हानिएको थियो ।
समचार अनुसार इन्डोनेसियाको बन्दा अकेह प्रान्तमा सन् २००१ देखि समलिंगी सम्ब्नध, बाजी लाउन र रक्सी पिएको पाइएमा सरिया कानुन अनुसार कोर्रा हान्ने सजायको व्यवस्था गरिएको छ ।

अन्नपुर्ण पोष्ट/एजेन्सी

0 comments:

Like us

 

Search

 
Enjoy the site