Sunday, September 20, 2015

मिरा राईलाई स्पेनमा अर्को अन्तराष्ट्रिय सफलता

0 comments
काठमाडौं, असोज ३ । स्पेनमा सम्पन्न विश्व प्रसिद्ध सालोमन प्रिनेउ अल्ट्रा म्याराथनमा नेपालकी धाविका मिरा राई दोस्रो भएकी छिन् ।

शनिबार सम्पन्न प्रतियोगिताको १ सय १० किलोमिटर दुरी १३ घण्टा ४३ मिनेट ४९ सेकेण्डमा पार गर्दै मिराले दोस्रो स्थान हात पारेकी हुन् ।

प्रतियोगितामा पहिलो स्थान लिएकी स्विट्जरल्याण्डकी एमिली फोर्सबर्गले मिराभन्दा ४ मिनेट १६ सेकेण्ड चाँडो दौड सकाइन् ।


विश्वकै शिर्ष पाँच अल्ट्रा म्याराथनमध्येका एक यो प्रतियोगितामा नेपलाी खेलाडीले पदक जितेको यो पहिलो अवसर हो । दुई महिना अघि मिराले फ्रान्समा सम्पन्न मन्ट ब्लँ अल्ट्रा म्याराथन जितेकी थिईन् ।

भोजपुरमा जन्मिकएकी मिरा राईले साहसी दौडमा भाग लिन थालेको दुई वर्ष मात्रै भयो । तर यो छोटो अवधिमै मिराले हङकङ, ईटाली र फ्रान्समा सम्पन्न तीन वटा चर्चित प्रतियोगिताको उपाधि जितीसकेकी छिन् ।

माओवदाी सशस्त्र द्वन्द्धमा लागेकी मिरालाई लडाकु प्रमाणिकरणको बेला अयोग्य घोषणा गरेपछि उनी साहसी दौडतर्फ लागेकी हुन् । श्रोत साभार : ईमेज खबर

0 comments:

Like us

 

Search

 
Enjoy the site