Tuesday, September 29, 2015

जनकपुरमा डा.बाबुराम भट्टराईलाई आक्रोसित युवाहरुले लखेटी कार्यक्रम स्थल जलाइयो

0 comments

काठमाडौँ, १२ असोज । बाबुराम भट्टराईले सम्बोधन गरेको जनकपुरस्थित गोपाल धर्मशालाको मञ्च आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताले जलाएका छन्। बाबुरामलाई सहभागी गराएको विरोधमा स्थानीय मधेसी युवाहरुले सभाको लागी तयार गरिएको मञ्च जलाएका हुन्।

पूर्व सहमति अनुसार बाबुरामले नयाँ संविधान जलाउने प्रतिक्षामा बसेका युवाहरुले बाबुरामको भाषण समाप्त हुनै लाग्दा संविधान नजलाएपछि आक्रमक बनेका थिए। पहिलेदेखि नै उनलाई जनकपुर प्रवेश गर्न नदिन आन्दोलनरत मधेशी मोर्चा र युवा संघर्ष समितिलगायतले उनले जनकपुरमा संविधानको प्रतिलिपि जलाउने शर्तमा आउन दिन छुट दिएको थियो। यति हुँदा पनि भट्टराई एयरपोर्टबाट जनकपुर नगरमा प्रवेश गर्ने क्रममा ठूलो भीडले कालो झण्डा देखाउँदै उनको विरोध गरेको थियो।

बाबुरामले नेपालीमा भाषण गर्न खोज्दा उनलाई हिन्दी वा मैथिलीमा भाषण गर्न भनिएको थियो। त्यसपछि बाबुरामले हिन्दीमा भाषण गरेका थिए।

भट्टराइले संविधान जलाउनु भन्दा संसोधन गरेर जायज मागको सुनुवाइ गर्नुपर्ने धारणा राखेका थिए। उनले नाकाबन्दी खोल्नुपर्ने र संवाद र सहमतिबाट समाधान खोज्नुपर्ने बताएपछि चर्को बिरोध सुरू भएको थियो। मञ्चमा भट्टराई बोलिरहँदा दर्शकदिर्घाबाट संविधान जलाउ, संविधान जलाउ भन्दै हुटिंग हुन थालेपछि उनले मन्तव्य छोट्याएर प्रहरीको सहारामा एयरपोर्ट तर्फ निस्किए।

रामचन्‍द्र झा, रामकुमार शर्मालगायतका नेताहरुलाई धर्मशालाभित्रै थुनिएका छन् र  स्थिति अहिले पनि तनावपूर्ण छ। दिउँसो करिब एक बजे हवाइमार्ग हुँदै जनकपुर आइपुगेका उनले केही वेरसम्म बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को सभाकक्षमा एमाओवादीका मधेशी नेता रामकुमार शर्मा, रामचन्द्र झा, रामरिझन यादव, तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता लगायत स्थानीय केही अगुवासँग संक्षिप्त अन्तरक्रिया गरेका थिए।

यसैबीच बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदिपका अनुसार आफूहरू एयरपोर्ट पुगिसकेपछि मञ्च तोडफोड भएको बताए।
Video

   video 1


0 comments:

Like us

 

Search

 
Enjoy the site