Tuesday, September 29, 2015

१५ दिन नेपालको भ्रमण गर्न आउनेलाई वंशजको आधारमा नागरिकता दिने मागसहित बन्द, हडताल गर्ने कायर नेताहरु हुन्

0 comments
१२ असोज काठमाडौँ–सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले १५ दिन नेपालको भ्रमण गर्न आउनेलाई वंशजको आधारमा नागरिकता दिने मागसहित बन्द, हडताल गर्ने नेतालाई कायरको सज्ञा दिएकाछन्

मोटिभेट ग्रुप अफ कम्पनी प्रालिद्वारा सञ्चालित अनलाइन पत्रिकाको आज उद्घाटन गर्दै मन्त्री पण्डितले आफ्नो व्यक्तिगत स्वार्थका लागि छिमेकीको सीमानामा बसी नेपाली जनतामाथि ढुङ्गा बर्साउने, दैनिक जीवनमा असर पर्ने गरी नाकाबन्दी गर्ने व्यक्ति राष्ट्रवादी हुन नसक्ने बताए ।

मन्त्री पण्डितले भने, “आफ्नै घरमा आगो लगायो भने भाँडा माझने खरानीको कमी हुँदैन, जसले जसरी यो मुलुकलाई आगो लगाउन काम गरेको छ त्यो राष्ट्रघाती छ, म नेपालको भौगोलिक खण्डता, स्वतन्त्रताको लागि ज्यान दिन तयार छु ।”

नब्बे प्रतिशत सभासद् मिलेर नेपालको नयाँ संविधान बनाएकाले यसमा प्रजातान्त्रिक मुलुक छिमेकी भारतले प्रश्न उठाउन नहुने बताए ।

एनव्याब्सनका उपाध्यक्ष सूर्यबहादुर अधिकारीले नेपालको राजनीतिक अस्थिरताको कारण लाखौँ बालबालिकाले पढ्नबाट वञ्चित भएको बताउँदै उनीहरुको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न आग्रह गरे ।

युवा वैज्ञानिक राम रिमालले नेपालमै विज्ञान र प्रविधिको विकास गर्न सकिने भन्दै आफूले निर्माण गरेका प्रविधिलाई प्रवद्र्धन गर्न सरकारसँग आग्रह गरे । श्रोत :रतोपाटी 

0 comments:

Like us

 

Search

 
Enjoy the site