Tuesday, September 29, 2015

खुल्यो तातोपानी नाका, भोली साँझसम्म मालबहाक गाडी ओहोरदोहो गर्न मिल्ने

0 comments
१२ असोज २०७२ काठमाडौं । भूकम्पबाट क्षतविक्षत तातोपानी नाका भोलीबाट खुल्दैछ । सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियरका अनुसार बाटो खोल्दै आज लिपिङबजारसम्म डोजरहरु पुगेका छन् ।
नेपाल चिनको मितेरी पुलबाट १ सय मिटर वर केही ठुलो पहिरो भोली दिनभरीमा खोलीसक्ने समेत गुरुङले बताए । उक्त पहिरो खोल्नसाथ चिनसँगको सिमा जोडिन्छ ।
अहिले सिमाको १ किलोमिटर नजिकैसम्म यातायात जान सक्ने भइसकेको छ । गुरुङका अनुसार मितेरी पुलनजिकै रहेको उक्त पहिरो हटाउन केही स्थानियको घरहरु भत्काउनपर्ने या अर्को नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था छ । स्थानिय घरहरु भत्काउन सहमति भए पहिरो पन्छाएर पुरानै सडकट्रयाक अनुसार खोल्न सजिलो र छिटो हुनेछ । उनले भने, ‘हामी भोली बेलुकीसम्म चिनसँग सडक जोड्छौं’ ।
स्थानिय व्यावसायि अर्जुन सापकोटाका अनुसार लिपिङ तथा तातोपानी बजारका मानिसहरु घर फर्किन थालेका छन् भने घरहरुमा बस्न तथा सटरहरु खोल्न थालेका छन् ।
खोलिएको ट्रयाकलाई फिनिसिङ गर्न केहीदिन लागेपनि पर्सि विहिबारबाट मालबहाक गाडी गुडाउन सकिने गुरुङले बताए  ।
अरु थप पहिरो आउने या कुनै प्राकृतिक दुर्घटना नभएमा विहिबारबाट मालबहाक गाडी गुड्न सक्ने भएको छ ।
अर्थमन्त्री रामशरण महतले स्थानिय स्वार्थ राखेर तातोपानी नाका खुलाउने बजेट रोकेका थिए । उनको स्थायी घर र चुनावी क्षेत्र नुवाकोटलाई मध्यनजर गर्दै बजेट केरुङ नाकामा पठाएर बाटो खुलाएपनि चिनतिरको बाटो नखुलेका कारण समस्या भइरहेको छ ।
सिहंदरबारले उचित पहलकदमी र बजेट व्यावस्था नगरेपनि स्थानिय सहयोग, सडक डिभिजन कार्यालय चरिकोटको सक्रियता, उद्योग बाणिज्य संघ सिन्धुपाल्चोक, ट्रक कन्टेनर व्यावसायि संघर तथा नेपाल हिमाल सिमापार बाणिज्य संघको सक्रियतामा यो सम्भव भएको हो ।
तर तातोपानी नाकामा भने चिनले बाटो पूनर्निमार्ण गरिसकेको छ भने नेपालको नाका मितेरी पुलसम्म  चिनियाँ मालबहाक गाडीहरु चलिसकेका छन् ।
विहिबारबाट नाका संचालनमा ल्याउनका लागी समेत सरकारले पहल गर्नुपर्छ । मोटरबाटो संचालनमा आएपनि महिनौं संचालनमा नआएको भन्सार तथा ओहोदोहोर खुलाउनका लागी चिनियाँ पक्षसँग सरकारीस्तरमा पहल हुनपर्ने हुनसक्छ ।श्रोत-डबली





0 comments:

Like us

 

Search

 
Enjoy the site