Friday, September 18, 2015

धनगढी नगरपालिकालाई उपमहानगरपालिकामा विस्तार गर्दै थप २६ नयाँ नगरपालिका घोषणा

0 comments

काठमाडौँ, असोज १ । सरकारले धनगढी नगरपालिकालाई उपमहानगरपालिकामा विस्तार गर्दै थप २६ नयाँ नगरपालिका घोषणा गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले २६ नयाँ नगरपालिका थप गर्नुका साथै धनगढी नगरपालिकामा फूलबारी र उर्मा गाविसलाई गाभेर उपमहानगरपालिकामा विस्तार गरेको हो ।

सरकारले गौरादह (झापा), लालीगुराँस (तेह्रथुम), हनुमाननगर योगिनीमाई (सप्तरी), सुखिपुर (सिरहा), धनगढीमाई (सिरहा), बज्रबाराही (ललितपुर), कालिका (चितवन), राप्ती (चितवन), बरहथवा (सर्लाही), भानु (तनहु), आँबुखैरनी (तनहु), मध्यबिन्दु (नवलपरासी), भृकुटी (कपिलवस्तु), भिर्काेट (स्याङ्जा) नयाँ नगरपालिका घोषणा गरेको छ ।


त्यस्तै राईनास (लमजुङ), करापुटार (लमजुङ), मध्यनेपाल (लमजुङ), भेरीमालिका (जाजरकोट), चौरजहारी (रुकुम), बागचौर (सल्यान), शुभाघाट गङ्गामाला (सुर्खेत), कमलबजार (अछाम), बेलडाँडी (कञ्चनपुर), कृष्णपुर (कञ्चनपुर), बबई (बर्दिया) नगरपालिका घोषणा भएका छन् ।

0 comments:

Like us

 

Search

 
Enjoy the site