Tuesday, September 15, 2015

चितामा राखिएको मानिसको शवले मसानघाट पुगेका मलामीलाई समात्यो

0 comments
भाद्र २८, २०७२- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा एक अनौठो घटना सार्वजनिक भएको छ । गुजरातको जेतपुरमा चितामा राखिएको शवले मलामी गएका एक मानिसको हातको औला समातेको घटना सार्वजनिक भएको हो । यो घटनाले मसानघाटमा हलचल मच्चिएको छ । आधा जति मलामी भागेका थिए । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार जेतपुरमा बस्दै आएका २५ वर्षीय पुरुष देवेन्द्र पंड्या मुटुरोगी थिए ।



धेरै ठाउँमा उपचार गराउने क्रममा बुधवार विहान उनको मृत्यु भयो । डाक्टरले उनलाई मृत घोषित गरे । त्यसपछि अस्पतालबाट उनको शवलाई अन्तिम संस्कारका लागि अपराह्न जेतपुर मसान घाट लगियो । जहां चितामाथि राखिएको देवेन्दको शवले नजिकै रहेका आफ्ना साथीको हातको औला समाते । यो दृश्यलाई देखेर त्यहाँ उभिएका मलामीको होसै उड्यो । त्यसपछि मलामीहरुले तत्कालै मसान घाटमा डाक्टरलाई बोलाए । डाक्टर आएको १० मिनेटपछि देवेन्द्रको मुटुको चाल आफै बन्द भयो ।

त्यसपछि उनलाई मृत घोषित गरियो । डाक्टरका अनुसार मसान घाटसम्म पुग्दा देवेन्द्र जिउँदै थिए । ती डाक्टरले उनलाई १० मिनेटको चेकजांचमा मुटुको धड्कन विस्तारै चलिरहेको पाएका थिए । डाक्टरले मृत घोषित गरेपछि शवको अन्तिम संस्कार गरियो । एजेन्सी


0 comments:

Like us

 

Search

 
Enjoy the site