Saturday, September 12, 2015

एम्बुलेन्सबाट थुती लेखेटी लखेटी मारिए सशस्त्रका असईको बारेमा पद्नुहोस

0 comments

२५ भदौ २०७२ सुक्रबारका दिन अान्दोलनकारीले एम्बुलेन्सबाट थुतेर हत्या गरेका सशस्त्र प्रहरीका असई थमन विकको घर बाँकेको कन्चनपुर- ६ मा हो। उनी २०५६ सालमा नेपाल प्रहरीमा भर्ति भएका थिए । २०५८ सालमा सशस्त्र प्रहरी गठन भएपछि उनी सशस्त्रपट्टि आएका थिए। ३ वर्षअघि मात्र उनी असईमा बढुवा भएका थिए। महोत्तरीको सिमा सुरक्षा बलमा कार्यरत उनी एक वर्षदेखि त्यहीँ रहेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी पुष्पराम केसीले जानकारी दिए। ‘पथलैयामा विशेष कामका लागि आएका थिए, आन्दोलनकारीको आक्रमणमा उनको निधन भयो’ उनले भने। उनले नेपालगंजमा रहेका विकको परिवारलाई घटनाबारे जानकारी गराएका छन् । शुक्रबार बिहान महोत्तरीको जलेश्वरबाबा चोकनेर लिफ्टमा पुगेका थिए सशस्त्र प्रहरीका असई थमन विक। अफिसको काम विशेषले बाराको पथलैयास्थित सशस्त्र प्रहरीको कार्यालयमा आएका उनी मधेस बन्द क्रममा मोटरसाइकलमा लिफ्ट मागेर महोत्तरी पुगेका थिए। मोटरसाइकलमा जलेश्वरबाबा चोकमा पुगेका उनीमाथी प्रर्दशनकारीले आक्रमण गरेका थिए । त्यहाँबाट नेपाल प्रहरीले उद्धार गरी जिल्ला अस्पताल लगेको थियो। १६ टाँका लगाएपछि उनलाई अस्पतालले जनकपुर अञ्चल अस्पताल रिफर गरेको थियो। रेडक्रसको एम्बुलेन्समा दिउँसो उनलाई एक जना सशस्त्र प्रहरीको साथ लगाएर जनकपुर ल्याउँदै गर्दा बाटोमा प्रर्दशनकारीले अवरोध गरेका थिए। त्यसपछि चालकले एम्बुलेन्स बटियातर्फ गाउँको बाटो जनकपुर ल्याउने भन्दै त्यता मोडेका थिए। महोत्तरी गाविस बटिया ३ मा एम्बुलेन्स सडकमा फस्न पुग्यो। पछ्याउदै गएका आन्दोलनकारीले उनलाई एम्बुलेन्सबाट निकाले र खेदीखेदी मारेको प्रहरीले जनाएको छ।
 

0 comments:

Like us

 

Search

 
Enjoy the site