Saturday, September 5, 2015

यु.ए.र्इ.का ४५ र बहराइनका ५ पाँच जना सैनिक विस्फोटनमा परी मारिए

0 comments
२०७२ भाद्र १९ शनिबार - यमनमा विद्रोही विरुद्ध लडिरहेका संयुक्त अरब एमिरेट्स (युएर्इ) र बहराइनका ५० जना सैनिक शुक्रबार विस्फोटनमा परी मारिएका छन् ।

मारिनेमा संयुक्त अरब एमिरेट्स (युएई) का ४५ जना र बहराइनका पाँच जना सैनिक परेका छन् ।

यमनमा साउदी अरेबियाको नेतृत्वको सेनाद्वारा सुरु भएको कारबाहीको कयौँ महिनापछि शुक्रबारलाई सबैभन्दा रक्तपातपूर्ण दिनका रुपमा लिइएको छ ।

सैनिक पोष्टमा रहेका उनीहरुलाई विद्रोहीले बम विस्फोट गराइ हत्या गरेका जनाइएको छ । अर्को समाचारअनुसार उक्त दुर्घटना भुलबस भएको पनि उल्लेख गरिएको छ ।

यमनी सरकारले उक्त दुर्घटन भुलबस हुन पुगेको भनेको छ । तर यमनमा सरकारविरुद्ध लडाइँ गरिरहेको हुथी विद्रोही समूहले आफ्ना लडाकूले ती सैनिकको हत्या गरेको जनाएका छन् ।

आक्रमणपछि निस्केको धुवाँ
हुथी विद्रोही समूहले आफ्ना विद्रोहीले रकेट प्रहार गरी सैनिकको हत्या गरेको जानकारी सार्वजनिक गरेको छ ।

युएइका युवराज शेख मोहमद बिन जायद अल नयनले यमनमा भएको अन्यायविरुद्ध आफ्नो देशले निरन्तर रुपमा सहयोग गरिरहने प्रतिक्रिया दिएका छन् ।

युएइले गत वर्षदेखि यमनमा सुरु विद्रोहीहरु विरुद्धको युद्धमा सघाइरहेको छ । साउदी अरेबियाले नेतृत्व गरेको सैनिक कारबाहीमा उसको पनि संलग्नता रहेको छ । एजेन्सी

0 comments:

Like us

 

Search

 
Enjoy the site