Friday, October 2, 2015

हुन्डी कारोबार गर्नेहरु मनि एक्सचेन्ज र ट्राभल एजेन्सीहरुमा छापा मारि २ करोड ६१ लाखभन्दा बढी बरामद

0 comments
 महानगरीय प्रहरी अपराध महाशाखाले हुन्डी कारोबार गर्नेहरु मनि एक्सचेन्ज र ट्राभल एजेन्सीहरुमा छापा मारि २ करोड ६१ लाखभन्दा बढी बरामद गरेको छ ।

राजधानीको सुन्धारा, न्युरोड र ठमेल क्षेत्रमा छापा मारि २ करोड भन्दा बढी बरामद गरेको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए मनि एक्सचेन्ज तथा ट्राभल एजेन्सीका ९ जना संचालकलाइ
प्रहरीले पक्राउ गरेको छ ।

१.      का.जि.का.म.न.पा.वडा नं. २२ न्युरोड खिचापोखरी स्थित मिलाप चन्द जैनका संचालक बर्ष ५० को शंकरलाल कोठारीसंग बरामद नगद रु १८,३३,९९५।-

२.      का.जि.टोखा न.पा.वडा नं. १४ स्थित नर्थ प्वाईन्ट मनि क्सचेन्जका संचालक जिल्ला नुवाकोट मदनपुर २ घर भएका बर्ष ३५ को राजाराम पाण्डेको मनि ऐक्सचेन्जबाट बरामद नगद रु ५९,००,०००।–

३.      का.जि.का.म.न.पा. वडा नं. १७ ठहिटी बसी सोही स्थानमा OM Money Exchange संचालन गरी बस्ने बर्ष ४२ का राकेश बैद्य को Money Exchange बाट बरामद नगद रु. ३,१९,६८५।–

४.      का.जि.का.म.न.पा. वडा नं.२२ आर बि कम्प्लेक्स स्थित निलगिरी रेमिट प्रा.लि.का संचालक जि. मुस्ताङ छसाङ २ घर भएका बर्ष ३८ को किरण कुमार गुरुङको रेमिटबाट बरामद नगद रु. ८८,३५,५००।–

५.      का.जि.का.म.न.पा. वडा नं.११ सुन्धारा स्थित देउराली मनी एक्सचेन्जका संचालक कास्की ल्वाङघलेल १ बस्ने बर्ष ४० को नवराज गुरुङको मनी एक्सचेन्जबाट बरामद नगद रु. ३६,५३,१८५।–

६.      का.जि.का.म.न.पा. वडा नं. ११ सुन्धारा स्थित देउराली ट्राभल्स एण्ड टुर्स प्रा.लि.का म्यानेजर का.जि.का.म.न.पा.१९ बस्ने बर्ष ३२ को जेवाल हकको ट्राभल्स एण्ड टुर्स प्रा.लि. बाट बरामद US Dollar 711,

७.      का.जि.का.म.न.पा.वडा नं. २२ न्युरोड स्थित जि.मोरङ विराटनगर उ.म.न.पा.४ बस्ने बर्ष ६३ को केशरी चन्द कचेरियाको साथबाट बरामद नगद रु. १६,००,०००।–

८.      का.जि.का.म.न.पा.वडा नं. २४ ओटुबाट भारत महाराष्ट्र साङली डिस्ट्रिक्ट घर भएको नन्दु कुमार मरगले र महितोस सेनापतीको सुन रिफाईन पसलबाट बरामद नगद रु. २,६६,५००, सुन १ तोला ४४ लाल र चांदी १९४ तोला ८७ लाल ।

९.      का.जि.का.म.न.पा.वडा नं. २४ न्युरोड स्थित कंगारु एक्सप्रेस सर्भिस प्रा.लि.का संचालक बर्ष ४४ को रविन्द्र सुवेदी र बर्ष ३५ को पृथ्वी बहादुर रावतको मनि एक्सचेन्जबाट बरामद नगद रु. ३८,०६,५००।– श्रोत :सेतोपाटी 

0 comments:

Like us

 

Search

 
Enjoy the site