Friday, October 2, 2015

राजेन्द्र महतो कसरी नेपाली ?

0 comments
काठमाडौं । भारत विहारको सोनवर्षामा जन्मेका राजेन्द्र महतोले नेपाली नागरिकता बाबुले भन्दा पनि पहिले कसरी लिए भन्ने बहश चलिरहेको छ । २०२७ सालमा नेपाली नागरिकता लिएका महतोबा बाबुले २०२९ सालमा मात्रै नागरिकता लिएको खुल्न आएको छ ।

भारत विहारको सोनवर्षामा जन्मेर हुर्केर २०२७ सालमा नेपालको नागरिकता लिएपछि उनका बाबुले २ वर्षपछि नागरिकता पाएका राजेन्द्र महतो दोस्रो संविधानसभाको चुनावमा हारेपछि बडो क्रान्तिकारी भएर निक्लिएका छन् । भारत र नेपाल दुवैतिरको नागरिकता बोकेर बसेका राजेन्द्र महतो भोलि भारतका निम्ति पनि अभिसाप हुन सक्छन् । भारतसँग पुरानो नेपाल फिर्ता गरको नारा दिन सक्छन् ।

दिव्यचक्षु साप्ताहिक अगाडि लेख्छ, भारतबाट नेपाल छिरेका राजेन्द्र महतो चार दशकमै चार पटक साँसद भैसकेका र तीन पटक स्वास्थ्य, आपूर्ति र वाणिज्य मन्त्री भए । अब यी महतो कस्ता भैसकेका छन् भने तराई उनकैबाबुको बपौती र आमाको दाइजो जस्तो गरेर सङ्घीयताका नाममा सिङ्गै तराई माग्न लागेका छन् । भोलि यसैगरी उन्ले भारतसँग पुरानो नेपाल फिर्ता गर भनेर साम्राज्यवादी फिरङ्गीहरुको आडमा भारतलाई तर्साउने छन् ।

राजेन्द्र महतोको किर्ते नागरिकताका बारेमा गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेपछि छानविन हुँदै थियो । २०६२÷६३ को आन्दोलन र त्यसपछि तराई आन्दोलनले यस कुरालाई छायाँमा पा¥यो । तराई आन्दोलनका समयमा आफूले नागरिकता लिएको सिडिओ कार्यालयमा आगो झोसेर आफ्नो नक्कली नागरिकताको ढड्डा नै डढी सक्यो । के को छानविन गर्छ ? कसरी छानविन गर्छ ? भनेर राजेन्द्र महतो फूर्ति गर्दै हिँडेका छन् । यो उनको फूर्ति छानविनको प्रक्रिया अगाडि नबढुञ्जेलको मात्रै हो ।

यस्तो छानविन गरिए एकजना महन्थ र अर्को महेन्द्र पनि फेला पर्ने छन् । केन्द्रीय स्तरमै तीन जना रेड्ह्याण्ड फेला पर्छन् भने जिल्ला र स्थानीय तहमा यिनीहरुको चपेटा कति होलान् ? सक्कली नेपालीलाई तराई फुटाउनु परेको छैन । तराई फुटाउन खोज्नेहरु घुसपैठवादी नेताहरु हुन् । सङ्घीयता उनीहरुकै योजना हो । जुन नेपालको हितमा छैन ।

0 comments:

Like us

 

Search

 
Enjoy the site