Wednesday, October 21, 2015

नेपाल विश्वका खराब विमानस्थलहरुमा तेस्रो नम्बर

0 comments

काठमाडौँ : विश्वभरका यात्रुहरुको भोटका आधारमा खराब विमानस्थलको सूची निकाल्ने ट्राभल वेबसाइटको यस वर्षको सूचीमा पनि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो नम्बरमा परेको छ।

गत वर्ष पनि टिआईए तेस्रो नम्बरमा नै परेको थियो।

द गाइड टु स्लिपिङ इन एयरपोर्टस नामको वेबसाइटले २६ हजारभन्दा बढी मतका आधारमा यो सूची तयार पारेको हो। अमेरिकी टेलिभिजन सिएनएन र उसको वेब संस्करणमा पनि यो समाचार आएकोले यसको चर्चा बढेको हो।

वेबसाइटले आरामदायी, सुविधा, सरसफाई र ग्राहक सेवा लगायत चार श्रेणीका आधारमा विश्वभरका विमानस्थलबारे मत दिन पाठकहरुलाई आग्रह गरेको थियो।

सूचीमा एक नम्बरमा नाइजेरियाको पोर्ट हारकोर्ट विमानस्थल परेको छ। गत वर्ष यो विमानस्थल सूचीमा परेको थिएन। फिलिपिन्सको निनोय एक्विनो अन्तर्राष्ट्रिय विमानस्थल तीन पटक लगातार खराब विमानस्थलको सूचीमा परे पनि यस वर्ष हटेको छ।

साउदी अरबको जेद्दाह किङ अब्दुल्लाजिज अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई समेत उछिनेर दोस्रो नम्बरमा परेको छ।

गत वर्ष सबैभन्दा खराब विमानस्थल बनेको इस्लामावादको बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल यो वर्ष नवौँ नम्बरमा पुगेको छ।

सूचीमा अमेरिकाका एउटै पनि विमानस्थल छैनन्।
यस्तो छ सूची
१०) बिउभाइस टिले अन्तर्राष्ट्रिय विमानस्थल (पेरिस, फ्रान्स)
९) बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल (इस्लामावाद, पाकिस्तान)
८) तान सोन न्हात अन्तर्राष्ट्रिय विमानस्थल (हो चि मिन्ह सिटी, भियतनाम)
७) हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्‍थल (काबुल, अफगानिस्तान)
६) टाउस्सेन्ट लुभ्रचर अन्तर्राष्ट्रिय विमानस्थल (पोर्ट अउ प्रिन्स, हाइटी)
५) साइमन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल (काराकास, भेनेजुएल)
४) तास्कन्द अन्तर्राष्ट्रिय विमानस्थल (उज्बेकिस्तान)
३) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौँ, नेपाल)
२) किङ अब्दुलाजिज अन्तर्राष्ट्रिय विमानस्थल (जेद्दा, साउदी अरब)
१)पोर्ट हार्कोट अन्तर्राष्ट्रिय विमानस्थल (नाइजेरिया)

0 comments:

Like us

 

Search

 
Enjoy the site