Wednesday, October 21, 2015

साउदीको एक कम्पनीमा कार्यरत ५ सय नेपाली श्रमीकहरु हड्तालमा

0 comments

शाउदी ४ कार्तिक / विनाकारण कम्पनीले पारिश्रमिक काटेको भन्दै साउदीको एक कम्पनीमा कार्यरत ५ सय नेपाली श्रमीकहरु हड्तालमा उत्रिएका छन् ।
साउदी अरेबियाको दोवाध्मिमा रहेको सुल्तान सलमानअल स्याद कम्पनीमा कार्यरत नेपाली श्रमीकले विनाकारण प्रत्येक श्रमीकबाट १ हजार रियल कटौती गरेको भन्दै नेपाली श्रमीक आन्दोलनमा उत्रिएका हुन । काठमाडौं स्थित ‘वल्ड फेवर म्यानपावर’बाट २० महिना अघी साउदी अरेबिया पुगेका नेपालीलाई समेत कम्पनीले पैसा काटेपछि नेपाली श्रमीक आन्दोलित भएका खोटाङ्गका विनोद बस्नेतले जानकारी गराए ।
म्यानपावरको वदमासीका कारण नेपाली श्रमीकको पैसा काटिन थालेपछि बाध्य भएर काम छोडेको बस्नेतले टेलिफोनमा जानकारी दिए । नेपालबाट साउदीजाँदा १ लाख २० हजारदेखि १ लाख ५० हजारसम्म म्यानपावरमा बुझाएर त्यहा गएका नेपालीलाई २० महिनापछि कम्पनीले आउँदा लागेको टिकटको खर्च भन्दै रकम काट्न थाले पछि नेपाली श्रमीक आन्दोलनमा उत्रिएका हुन् ।
बस्नेतका अनुसार साउदी अरेबिया जाँदा म्यानपावरले १ लाख ४० हजार लिएर ७० हजारको बिल दिएको बस्नेतले वताए । कम्पनीले पछिल्लो समय रकम काट्न थालेपछि रकम काटिएको बारे  श्रमीकले म्यानपावरसँग कुरा राखेपनि समस्याको समाधान नहुदा श्रमीक आन्दोलनमा उत्रिएका हुन् ।

मगलबार आन्दोलित नेपाली श्रमीकले साउदी अरेबियाको श्रम अदालतमा बिना कारण कम्पनीले श्रमीकको रकम काटेको भन्दै मुद्धा दर्ता गराएको वस्नेतले जानकारी दिए ।

६ दिनदेखि काम ठप्प पारेर वसेका नेपाली श्रमीकलाई कम्पनीले काममा फर्किन आग्रह गरेपनी समस्याको सामधान नभए नेपाली फर्किने माग श्रमीकले राखेका छन् । सो वारे सो म्यानपावरका निर्देशक सुर्य विकसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् भनेर आजको अन्नपुर्ण पोष्टको अनलाइनले खबर प्रकासित गरेको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site