Wednesday, October 21, 2015

नगद रुपैयाँ बिना नै सबै काम संसारको पहिलो चल्ने देश

0 comments

एजेन्सीः नगद रुपैयाँ नभई नै सबै कारोबार हुने दिशामा संसारका कतिपय देशहरु रहेका छन् । तर स्वीडेनले भने केही समयभित्रै नगद नोट बिना नै सबै काम गर्ने पहिलो देशको रुपमा आफूलाई विकास गर्दैछ । एउटा नयाँ शोध अनुसार, स्वीडेनले सूचना प्रविधिको उपयोग गरेर नगद नोट नचलाईकन नै सबै काम गर्न सकिने डिजिटल संसारमा प्रवेश गर्न सफल भएको हो । यति मात्रै होइन, स्वीडेन संगठित अपराध र आतंकमाथि समेत नियन्त्रण पाउन सफल रहेको छ । त्यसैले स्वीडिस जनताहरु कुनै डर बिना नै डिजिटल प्रणालीलाई अपनाइरहेका छन् ।

तीब्र गतिमा डिजिटल पेमेण्ट सिष्टमको विकास भइरहेको कारण स्वीडेन केही समयमा नै क्यासलेस राष्ट्र बन्ने छ । स्वीडेनमा पछिल्लो दिनहरुमा क्यासबाट चुक्ता गर्ने बानीमा निकै ठूलो दरमा कमी आइरहेको अनुसन्धानले जनाएको छ । स्वीडेनमा ससानो खरिदबिक्रीका लागि पनि जनताले बैंक कार्डको प्रयोग गरिरहेका छन् । अहिले बजारमा ८० अरब स्वीडिस क्राउन मात्रै वितरणमा छन् । जबकि ६ महिना अगाडि बजारमा १०६ अरब क्राउन रहेका थिए । यसमा पनि ५० देखि ६० प्रतिशतसम्मको क्राउन मात्रै नियमित सर्कुलेसनमा रहेको छ । बाँकी रकम मानिसहरुसँग जमा या बैंकमा जमा रहेको बताइन्छ ।

स्वीडेनका ठूला बैंक र डेनिस बैंकबीचको आपसी सहयोगको परिणामस्वरुप स्विटजरल्याण्डमा एउटा डाइरेक्ट पेमेण्ट एप्स बैंकले जारी गरेको छ । यसकै माध्यमले जनताले कारोबार गर्ने गर्दछन् । स्वीडेनका बैंकहरुले भने एडभान्स आइटी सिष्टम अपनाएका छन् । यसअतिरिक्त डिजिटल पेमेण्ट पनि सरल छ र यसमा कुनै खर्च पनि कम लाग्छ । एभरेष्ट दैनिक बाट ।

0 comments:

Like us

 

Search

 
Enjoy the site