Wednesday, October 21, 2015

युएईको उच्च अदालतले नै अमरबहादुर बमलाई मृत्‍युदण्डको सजाय सुनाई सकेकोले बमको रिहाई तत्काल नहुने

0 comments

उमाकान्त पाण्डे/उज्यालो । युएई, कात्तिक ३ - संयुक्त अरब इमिरेट्स युएईको दुबइमा मृत्युदण्डको सजाय सुनाइएका एक नेपालीको रिहाइ गर्ने प्रक्रिया अझै अन्यौलमा परेको छ । मृत्युदण्डको सजाय सुनाइएका धारी-२ दार्चुलाका अमरबहादुर बमकररव सजाय कम गर्न नेपाल सरकारले उच्च स्तरीय पहल गरेको भएपनि पीडित परिवारले ब्लडमनी स्विकार नगरेकोले उहाँको रिहाइ तत्काल सम्भव नरहेको दूतावासले जनाएको छ ।


युएईका विदेश मन्त्री अब्दुल्लाह बिन जाइद अल-नहृ्यनले राष्ट्रसंघीय महासभाको साइडलाइन भेठवार्तामा ’नेपाली नागरिक बमले ब्लड-मनी बुझाएपछि मात्रै आममाफी पाउन सक्ने’ बताए पनि युएईमा रहेको नेपाली दूतावासलाई यस बारे कुनै अधिकारिक जानकारी नभएके दूतावासले जनाएको छ ।


युएईको उच्च अदालतले नै बमलाई मृत्‍युदण्डको सजाय सुनाई सकेकोले यस विषयमा दूतावासले बम निर्दोष हुन भनेर भन्न नमिल्ने युएईका लागि कार्यबाहक नेपाली राजदूत नेत्रबहादुर टण्डनको भनाई छ । कार्यबाहक राजदूत टण्डनले भन्नुभयो ’कसले कहाँ के बोल्छ भन्ने अनौपचारिक कुरा हो, अनौपचारिक विषयले महत्व नराख्ने भएकाले बमको रिहाइ हुने अवस्था तत्काल  छैन ।’


यस अघिको नेपाल सरकारले बमको आममाफीका लागि युएई सरकारका उच्च स्तरीय अधिकारिलाई सम्बोधन गरी पत्र बुझाएको थियो । सन् २००२ को डिसेम्बर २३ मा भारत हुँदै युएई आएका ३४ वर्षका अमर २००३ को जनवरी २६ बाट दुबईको अल अविरस्थित सेन्टर जेलमा थुनामा हुनुहुन्छ । भारतीय नागरिक शरद सेट्ठीको हत्या अभियोगमा जेल परेका उहाँलाई अदालतले १२ वर्ष पहिले मृत्युदण्डको सजाय सुनाएको हो ।


 सेट्ठीको हत्या गर्न योजनाबद्ध रुपमा संलग्न रहेका भारतीय नागरिक मनोज मुदाना र करनसिंह राजपुतको गाडी अमरले चलाएकाले उहाँमाथि हत्याको अभियोग लागेको नेपाली समाज युएईका पूर्व अध्यक्ष कृष्णबहादुर ढकालले बताउनुभयो । श्रोत साभार : DC नेपाल

0 comments:

Like us

 

Search

 
Enjoy the site