Wednesday, October 21, 2015

अन्तत नेपालले माग्यो चीनसँग इन्धन

0 comments

 भारतीय नाकाबन्दी अन्त्य नभएपछि सरकारले औपचारिक रुपमा चीन सरकारलाई इन्धन उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई इन्धन उपलब्ध गराइदिन लिखित रुपमै आग्रह गरेको हो । वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाका अनुसार नेपालले भारतीय मनोमानीको दीर्घकालिन अन्त्यका लागि चीनसँग पेट्रोलियम पाइपलाइन सम्झौताको प्रस्ताव समेत पठाएको छ ।

यसअघि सोमबार चिनियाँ राजदूतले ऊ चुन्ताईले नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेका थिए । खनालसँगको भेटमा राजदूत चुन्ताईले नेपालले औपचारिक आग्रह गरे सीमावर्ती तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ आपूर्ति गराउन तयार रहेको बताएका थिए ।

यसरी आउँदैछ इन्धन

चीनले सिगात्सेमा रहेको पेट्रोल भण्डारण केन्द्रबाट केही दिनभित्रै पेट्रोलियम पदार्थ आपूर्ति गर्ने तयारी गरेको छ । सिगात्सेबाट केरुङ -रसुवागढी हुँदै इन्धन काठमाडौं आइपुग्नेछ । सडकमार्गबाट एक दिनमा ल्हासाबाट केरुङसम्म इन्धन ल्याउन सकिन्छ । रसुवागढीबाट केरुङ २५ किलोमिटर मात्रै टाढा पर्छ ।

चीनसँगका मुख्य दुई सीमा नाकाहरू रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आउन भने अझै सकेको छैन् । ती नाकाहरु पूर्णरुपमा संचालनमा ल्याउन सरकारले आवश्यक तयारी गरिरहेको स्रोतले जनायो ।
३ कार्तिकको अन्नपुर्ण पोस्टमा समाचार छ।

0 comments:

Like us

 

Search

 
Enjoy the site