Thursday, October 15, 2015

डीआईडी ५ फस्ट रनर अप निर्मल तामाङ नेपाल आए एअरपोर्टमा भब्य स्वागत

0 comments

 काठमाण्डौ। डान्स इन्डिया डान्स (डीआईडी) को सिजन ५ को फस्ट रनर अप बन्न सफल नेपालका निर्मल तामाङ २६ असोज २०७२ मंगलबार नेपाल आएका छन् ।

भारतीय तीन लाखसहित डीआईडीको टोपी पाएका निर्मल मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन् । डीआईडीको टोपीको साथ एअरपोर्टमा देखिएका उनलाई स्वागत गर्नै सयौको संख्यामा आफ्ना आफन्त देखी दर्शकहरु उपस्थित भएका थिए ।

डिआइडीको इतिहासमा पहिलो पटक गैर–भारतीय निर्मलले डीआईडीमा उक्त स्थान हासिल गर्न सफल भएका थिए । नुवाकोट विदुर नगरपालिका, त्रिशुलीवजार ११ का २३ वर्षिय निर्मल तामाङ बैशाख देखी डीआईडी प्रतियोगितामा आफ्नो धमकेदार प्रस्तुती दिदै आएका थिए, जसलाई नेपालमा मात्र होइन भारतमा पनि अत्याधिक रुचाइएको थियो ।

पूर्व भारतीय सेनामा कार्यरत शेरवहादुर तामाङका कान्छा छोरा निर्मललाई नेपालबाट नेपालीहरुले अत्याधिक भोट दिएका थिए । बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवती लगायत चर्चित डान्सर निर्णायक मण्डलमा रहेको उक्त प्रतियोगिता भारतीय च्यानल जी टिभीबाट प्रत्येक शनिवार र आईतवार राती सवा नौवजे प्रशारण हुदै आएको थियो । यसअघि पनि नेपाली मूलका प्रसान्त तामाङ र तेरिया मगरले यस्तै ठूलो रियालिटी शोमा विजयी भएका थिए ।

0 comments:

Like us

 

Search

 
Enjoy the site