Below slider

Content left

Content right

 

Thursday, October 15, 2015

म्याच फिक्सीङको आरोपमा सागर थापा सहित पाँच खेलाडी पक्राउ

0 comments

काठमाडौं,असोज २७ । देशकै बेईज्जत हुनेगरि खेल खेल्दै नेपाललाई हार खुवाएर अन्यदेशसँग पैसा लिने गरेका राष्ट्रिय फुटवल टोलिका कप्तान सागर थापा सहित पाँच खेलाडी पक्राउ परेका छन् । राष्ट्रिय झण्डा बोकेर खेल खेल्न गएर हरेक खेल हार्दै पैसा खाँदै राष्ट्रिय झण्डा नै बेचेको आरोप लगाउँदै क्राईम डिभिजनका प्रमूख सर्वेन्द्र खनालले एक खेलमा कम्तिमा पाँच हजार डलर प्रति व्यक्ति लिने गरेको सुचना र प्रमाण पाइएको बताउनुभयो ।
एसएसपी सर्वेन्द्र खनालका अनुसार अन्र्तराष्टिय खेल सट्टेबाजीहरुसँग मिलेर नेपाललाई हराएर लाखौं रुपैयाँ लिनेदेखी राष्टिय खेलमा समेत जित हारको मिलेमतो गरेर रकम लिने गरेको पाइएको छ । बंगलादेश, मलेसिया, अफगानिस्तान, जोर्डन, फिलिपिन्स जस्ता देशहरुसँग भएको खेलमा मिलेमतो गरेर हार्दै उनिहरुले लाखौं रुपैयाँ लिने गरेको प्रमाण पाइएको खनालले बताए ।
यि खेल हारपछि समातिएका खेलाडीहरुको खाता तथा साथिभाईको खातामा लाखौं रुपैयाँ आएको पाइएको छ । राष्टकै स्वाभिमान र विश्वास लिएर गएका खेलाडीहरुले राष्टघात गरेर देशलाई हराउने काम गरेको खनालले प्रतिक्रिया दिए । एसएसपी खनालले थप अनुसन्धान भइरहेकाले विस्तृत जानकारी थप अनुसन्धान पछि मात्र भन्न सकिने बताए । नेपालको स्वाभिमानलाई पैसामा बेचेर देश र जनतालाई कुठाराघात गर्ने गरेको पाइएको खनालले बताए । देशकै बेइज्जत हुनेगरि खेलमा जित्ने आधार हुँदा हुँदै खेलेको जस्तो मात्र गरेर ९ गोल खाँदै समेत हार्ने गरेको पाइएको बताए । खनालका अनुसार प्रहरीले यो अनुसन्धान विगत तिन महिनादेखी अनुसन्धान गरिरहेको र चार हप्तादेखी विस्तृतमा अध्ययन गरिरहेको बताए ।
खेलाडीहरुले यसरी खेलेर हार्दै पैसा कमाउँदै क्यासीनोमा समेत लगानी गरेको र अकुत सम्पत्ती कमाएको समेत पाइएको भन्दै उनिहरुको बैंक खाता लगायतको समेत अनुसन्धान भइरहेको खनालको भनाई छ । पक्राउ परेका केही खेलाडीको भने गुण्डागर्दी गर्ने अपराधीसँग समेत सम्वन्ध रहेको पाइएको प्रहरीको भनाई छ ।
प्रहरीले पक्राउ परेका पाँचै जनालाई भोलि जिल्ला अदालत काठमाडौंमा थप म्यादको लागि पेश गर्ने र भोली नै पत्रकार सम्मेलन गरेर अभियुक्त खेलाडीहरु सार्वजनिक गर्ने भएको छ । स्मरणीय छ नेपाल पछिल्लो ९ अन्र्तराष्टिय खेलमा गोल विहिन पराजय व्यहोर्दै आइरहेको छ । यि सबै खेलको कप्तानी उनै पक्राउ परेका सागर थापाले गर्दै आएका छन् ।
VIDEO

0 comments:

Like us

 

Search

 
Enjoy the site