Tuesday, November 3, 2015

चीनले बनायो पहिलो यात्रुबाहक बिमान सी ९१९

0 comments

चीनले पहिलो पटक ईन्जिनदेखि सम्पूर्ण पार्टपूर्जा आफ्नै देशमा निर्माण गरिएको विमान सार्वज्निक गरेको छ । सी ९१९ नाम दिइएको यो विमानमा १ सय ६८ जनाले यात्रा गर्न सक्नेछन् । चीनले विमान निर्माणमा सफलता पाएपछि अब भने बोईंग र एयरबसलाई चिन्ता बढ्न सक्दछ । किनकि, चीनले आक्रामक बजार नीति लिने र सस्तो दरमा विमान उपलब्ध गराएको अवस्थामा त्यसले उनीहरुको बजार हिस्सा प्रभावित गर्न सक्दछन् । यो विमानले एकै पटकमा ४ हजारदेखि ५ हजार ५ सय ५५ किलोमिटरसम्मको रेञ्जमा उडान गर्न सक्दछ भने ३९ हजार ८ सय फिटको उचाईसम्म उड्न सक्छ । गत सन् २०१० देखि सुरु गरिएको यो अभियान सफलतासम्म पुग्नुअघि धेरै पटक परिवर्तन भएको थियो । यो विमान सार्वजनिक गर्नुअघि तीन वर्षसम्म यसको टेष्ट फ्लाईट गरिएको थियो । हालसम्म अमेरिकी कम्पनी बोईंग, फ्रेन्च कम्पनी एयरबस, ब्राजिलको एम्ब्रेयर, क्यानडाको बाम्बार्डियर, चेक रिपब्लिकको लेट क्लोनवाईस, फ्रान्सको एटीआर, जपानको मित्सुविसी, रसियाको युनाईटेड एयरक्राफ्ट कर्पोरेशन र युक्रेनको एंतोनोव कम्पनीले मात्रै विमान उत्पादन गर्दै आएका थिए । यद्यपि, बोईंग र एयरबसको बजार हिस्सा सबैभन्दा बढी छ । चीनले अहिलेसम्म ५ सय भन्दा बढी विमानको अर्डर आइसकेको जनाएको छ भने उसको आन्तरिक बजारमै पनि कब्जा गर्न सके उसको निम्ति उपलब्धीपूर्ण बन्ने पक्का छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site