Tuesday, November 3, 2015

विवाहको प्रस्ताव अस्विकार गर्दा आगो लगाइएकी युबतिको मृतु

0 comments

१७ कार्तिक २०७२ पाकिस्तान:  विवाहको प्रस्ताव अस्विकार गरेपछि आगो लगाइएकी एक पाकिस्तानी युवतीको उपचारको क्रममा मङ्गलबार मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् ।

सोनिया बीबी नाम गरेकी २० वर्षीया ती युवती आफ्ना प्रेमी लतिफ अहमदले पेट्रोल छकिएर आगो लगाएपछि घाइते भएकी थिइन । उनी गत महिना अस्पताल भर्ना भएकी र मङ्गलबार बिहान उनको मृत्यु भएको चिकित्सक स्रोतले जानकारी दिएको हो ।

विवाहको प्रस्ताव अस्विकारपछि आगोको लप्कोमा परेर घाइते भएकी सोनियाको स्वास्थ्यमा सुरुमा केही सुधार भएको मुल्तानको निसतार अस्पतालले एएफपी समाचार समितिलाई बताएको थियो् । तर पछि पुनः सङ्क्रमणको कारण उनको मङ्गलबार बिहान मृत्यु भएको बताइएको छ ।

सोनियाको शरीरको ४५ देखि ५० प्रतिशत भाग जलेको चिकित्सक नसिद चौधरीले एएफपी समाचारलाई बताएका छन् । मध्य पञ्जाव प्रान्तको मुल्तान जिल्लाको दुर्गम गाउँमा सो घटना भएको जनाइएको छ । प्रहरी २४ वर्षीय एक सदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।

पाकिस्तानमा घरेलु हिंसामा सयौं महिलाले ज्यान गुमाउने गरेका समाचारमा उल्लेख छ । यस्ता आक्रमणहरुमा सन् २००८ देखि हालसम्म ३ हजार भन्दा बढी महिलाको ज्यान गएको एक अनुसन्धानले बताएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site