Tuesday, November 3, 2015

रसुवा वस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

0 comments

रसुवा, १७ कात्तिक-काठमाडौँबाट रसुवाको चिलिमेतर्फ जादै गरेको ना ३ ख ५७०६ नं. को बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । ज्यान गुमाउनेमा १७ पुरुष, १२ महिला र एक बालक छन् । दुर्घटनामा ४५ यात्रु घाइते भएका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रजिअ शिवराम गेलालले जानकारी दिए ।
पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब ५०० मि तल खसको थियो । बसभित्र र छतमा गरी करिब एक सयभन्दा बढी यात्रु सवार थिए ।
घाइतेलाई उपचारका लागि काडमाडौँ र जिल्ला अस्पताल धुन्चे लगिएको छ । प्रत्यक्षदर्शीका अनुसार छेउमा बस गुडाएपछि सडक धस्सिन पुगी दुर्घटना भएको हो ।
अहिले घटनास्थलमा नेपाली सेनाको नारायण दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् । रासस







0 comments:

Like us

 

Search

 
Enjoy the site