Thursday, November 5, 2015

सरकारले इच्छा गरे नेपालमै पेट्रोल खानी सजिलै निकाल्न सकिने

0 comments
१९ कार्तिक : नेपालमा पेट्रोलियम पदार्थको सम्भावना भएर पनि अध्ययनका लागि सरकारले ध्यान नदिंदा भारतमाथि निर्भर रहनु परेको छ ।  नेपालमा पेट्रोलियम पदार्थ छ भन्ने पहिचान भएको लामो समयसम्म त्यसको खोज अनुसन्धान लगायत उत्खनन्मा ध्यान नदिंदा नेपाल पेट्रोल र ग्यासमा निर्भर हुनु परेको हो । पूर्वदेखि पश्चिमका चुरे र महाभारतका १० वटा क्षेत्रमा पेट्रोलियम पदार्थ भएको ३२ वर्षअघि प्रमाणित भएको थियो । खानी तथा भूगर्व विभागका भूगर्वविद प्रमोद सिंखडाका अनुसार नेपालको पूर्वदेखि पश्चिमसम्मको चुरे तथा महाभारत क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भाव्यता भएका ठाउँहरुको पहिचान गरी १० वटा व्लकमा बाँडिएको छ । ‘व्लकमा बाँडिएका ठाउँहरुमा पेट्रोलियम पदार्थ छ भन्ने पहिचान भएको छ ।


 तर, काम अगाडी बढ्न सकेको छैन’– सिंखडाले भने ।  उनका अनुसार धनगढी, नेपालगञ्ज, लुम्विनी, चितवन, बीरगञ्ज, मलंगवा, जनकपुर, राजविराज र विराटनगरलाई छुट्टाछुट्टै व्लकमा विभाजन गरिएको छ । ‘विभाजन गरिएका व्लकहरुको ५ हजार स्क्वाएर किमि भीत्रमा पेट्रोलियम पदार्थ छ ।’खानी तथा भूगर्व विभागले सम्भाव्यता भएका क्षेत्रहरुमा अध्ययन गरी पेट्रोलियम पदार्थ भएको प्रमाणित भएपछि ३२ वर्षअघि ती क्षेत्रहरुलाई विभिन्न व्लकहरुमा बाँडेको थियो । तर, ३२ वर्षसम्म व्लकमा बाँड्ने बाहेक केही काम हुन सकेको छैन । क्षेत्रगत रुपमा विभाजन गरिएका ठाउँहरुमा पेट्रोलियम पदार्थको परिमाण र  निकाल्न सक्ने सम्भावना लगायतको अध्ययन गर्नका लागि चार वटा विदेशी कम्पनीलाई इजाजत दिइएको थियो । तर,  अनुमति पाएका  कम्पनीहरुले काम नगरेपछि उनीहरुको अनुमतिपत्र खारेज गरिएको छ ।  पृथ्वीको गर्भमा रहेको पेट्रोलियम पदार्थको परिमाण, उत्खननको सम्भावना लगायतका विषयमा अध्ययन अनुसन्धान गर्न धेरै खर्च लाग्ने भएकाले पनि अहिलेसम्म काम अगाडी बढ्न नसकेको सिंखडाले बताए । ‘खर्च बढी लाग्ने भएकाले यसमा ध्यान जान नसकेको हो ।


 नेपालमै उत्खनन् भयो भने देशकै कायापलट हुन्छ ’– सिंखडाले बताए ।  ​दैलेखमा भेटिएको पेट्रोलियम पदार्थको लेदो  चारवटा विदेशी कम्पनीले इजाजत लिए पनि उनीहरुले नेपालमा द्वन्द्वको कारण देखाउँदै काम गरेका थिएनन् । लामो समयसम्म लाइसेन्स लिएर काम नगर्ने कम्पनीहरुको लाइसेन्स सरकारले हालैमात्र रद्द गरेको हो । सरकारीस्तरबाटै तदारुकताका साथ काम भएको भए अहिलेसम्म परिणाम आइसक्ने सिंखडाको भनाई छ ।  भारतले २०४५ सालमा नाकाबन्दी गर्दा भोगेको कठिनाईलाई सम्झेर आत्मनिर्भर हुन प्रयास गरेर तदारुकताका साथ सरकारले काम गरेको भए अहिले नेपालमै पेट्रोलियम पदार्थको खानी चलेको हने सिंखडाले बताए ।  ‘पहिचान  गरिएका क्षेत्रमा अहिलेसम्म राम्रो नतिजा देखिएको छ । त्यसकारणले सम्भावना राम्रो छ भन्ने विश्वास छ ’–सिंखडाले भने । प्राविधिक र बजेट अभावमा नेपाल आफैले पहिचान गरिएका ठाउँहरुमा थप अध्ययन गर्न सक्दैन । प्रतिशप्रर्धाका माध्यमबाट विदेशी कम्पनीहरुको छनोट गर्न टेण्डरको तयारी भैरहेको छ ।  सिंखडका भनाईमा छनोटमा परेका कम्पनीहरुलाई सरकारले सुरक्षा लगायत आवश्यक पर्ने सम्पूर्ण वातावरण मिलाइदिने हो भने दुई–तीन वर्ष भित्रनै पेट्रोलियम पदार्थको निक्र्यौल गरी खानी सञ्चालनको लागि पूर्व तयारी हुनसक्छ र त्यसको थप ३ वर्षभिीत्र खानी सञ्चालन गर्न सक्ने संभावना छ । ‘त्यसकालागि सरकार गम्भीर हुनुपर्छ ’–उनले भने ।

  दैलेख जिल्लाका नामीस्थान र श्रीस्थानमा अहिलेपनि ग्यासबाट ज्वाला बलिरहेको छ । यो पेट्रोलियम पदार्थ भएको प्रमाण हो । अहिले वलिरहेको स्थानमा भन्दा अन्यत्रबाट ग्यास बगेर उक्त ठाउँमा आएर बल्ने भएकाले कुन ठाउँमा खानी छ , त्यसको पहिचान हुन सकेको छैन । ‘अहिले बलेकै ठाउँमा खानि भएको भए त सजिलो हुन्थ्यो । माथिबाट बगेर आएको ग्यास बलेको हाम्रो अनुमान हो । अध्ययनपछि पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकिने धेरै सम्भावना छ ’–सिंखडाले भने ।  



 ‘नेपालमै पेट्रोलियम भइदिए कस्तो हुन्थ्यो होला !’ अहिलेजस्तो नाकाबन्दी हुँदा होस् या पेट्रोलियम पदार्थको चर्को भाउको मारमा पर्दा प्राय: नेपाली यस्तै परिकल्पना गर्छन् । उसो त नेपालले पेट्रोलियमको सपना देख्न थालेको तीन दशक नाघिसक्यो । त्यसका लागि प्रारम्भिक भूगर्भीय अध्ययनपश्चात् पूर्व–पश्चिम तराईलाई सम्भावित क्षेत्र मानेर १० अन्वेषण खण्ड तयार पारिएको थियो ।
दैलेख जिल्लाको पादुकास्थान, नाभिस्थान र शीर्षस्थानमा सतहमै तेल देखिएका छन् भने मुक्तिनाथमा जमिनमुनिबाट ग्यास बलिरहेको उदाहरण छ । त्यसको तल सुर्खेततर्फ तेल हुने बलियो संकेत हो, त्यहाँको भूगर्भमा आवश्यक पर्ने चट्टानी दरार देखिन्छन् ।
पेट्रोलियम अन्वेषणमा चर्चित भनाइ छ, ‘जमिनमा प्वाल (ड्रिल) नपारेसम्म केही भन्न सकिँदैन ।’ कम्तीमा आधा दर्जन ड्रिल गर्दा एउटा तेलकुवा भेटिन सक्छ । सन् १९८५ मा नेदरल्यान्डको सेल र अमेरिकाको ट्राइटन कम्पनीले खण्ड १० अन्तर्गतको विराटनगरमा ३ हजार ५ सय २० मिटरसम्म ड्रिल गरे पनि तेलकुवा भेटाएन ।
त्यसपछि पटकपटकको अन्तर्राष्ट्रिय टेन्डर आह्वानमा कुनै कम्पनीले दर्खास्त हालेनन् । पछि अमेरिकाको टेक्साना रिसोर्सेस र बेलायती केर्न इनर्जीले क्रमश: १९९८ र २००४ मा सरकारसँग सम्झौता गरेका थिए । तर, द्वन्द्वलाई कारण देखाएर पेट्रोलियम नियमावलीको व्यवस्था अनि ‘काबुबाहिरको अवस्था’ भन्दै बिनाठोस काम सम्झौता बढाएर बसे । केही भूगर्भिक अध्ययनबाहेक खासै काम गरेनन् ।
धनगढी, कर्णाली, लुम्बिनी, वीरगन्ज र मलंगवा खण्ड केर्नले ठेक्कामा लिएको थियो भने नेपालगन्ज र चितवन टेक्सानाले । माओवादी द्वन्द्व सकिँदा पनि काम सुरु नगरेको भन्दै सरकार यी दुवै कम्पनीसँग असन्तुष्ट थियो । बाँकी रहेका तीन खण्डमध्ये जनकपुर र राजविराजमा यूएईको कम्पनी इमिरेट्स एसोसिएटेड बिजनेस ग्रुप ( ईएबीजी)ले र खण्ड विराटनगरमा अमेरिकाको बीबीबी च्याम्पियन्सले सन् २०१२ मा सम्झौता गरेका थिए । तर, पछिल्ला दुवै कम्पनीले कामै थालेनन् ।
यिनै कारणले अहिले सरकारले चारवटै कम्पनीसँग सम्झौता रद्द गरेको छ । अहिले दसवटै अन्वेषण खण्डका लागि पुन: नयाँ बोलपत्र आह्वानको तयारी भइरहेको खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजित महतो बताउँछन् । भन्छन्, “काम हुन नसक्नुमा दुवै पक्षका कमजोरीलाई केलाएर हामी कानुनी प्रावधान संशोधन गर्दैछौँ ।”
त्यसो त अब पेट्रोलियम भेटिहालेमा प्रान्तीय सरकार वा केन्द्रीय सरकार कोसँग जवाफदेही हुने भन्ने कानुनी रूपमा स्पष्ट नभएसम्म नयाँ बोलपत्र नै गरेता पनि कम्पनीहरू आउने स्थिति छैन । त्यसै पनि जटिल कानुन र भ्रष्ट कर्मचारी संयन्त्रका बीच ‘जुवा’ मानिने अन्वेषणको जोखिम कम्पनीहरू लिन चाहँदैनन् । अर्बौं खर्चेर पनि पेट्रोल नभेटिएर रित्तो फर्कनुपर्ने हुनाले पनि उनीहरू बढीभन्दा बढी सुनिश्चितता खोज्छन् । पेट्रोलियम अन्वेषण परियोजनाका निर्देशक रहिसकेका खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक राजेन्द्रप्रसाद खनाल भन्छन्, “अब कानुनमा एकद्वार नीतिलाई प्राथमिकता दिन्छौँ ।”
सेल र ट्राइटनले ड्रिल गर्दाताका भारतले नाकाबन्दी गरेको थियो र उक्त कामका लागि बंगलादेश, सिंगापुरबाट हवाईजहाजमा इन्धन ल्याइएको थियो । तर, तेलकुवा भेटिएन । सरकारसँग सम्झौता भएको चारवर्षे अवधि सकियो तर राजनीतिक अस्थिरताका बीच कम्पनीले समय थप्न चाहेनन् । महानिर्देशक महतो भन्छन्, “उसले थप पाँच सय मिटर ड्रिल गरेको भए अवस्था स्पष्ट हुन्थ्यो ।”
त्यसपछि आएका चार कम्पनीमध्ये केर्न इनर्जी अन्वेषणमा प्रतिष्ठित कम्पनी हो । नेपालसँगै उसले भारत, बंगलादेश र श्रीलंकामा पनि काम सुरु गरेको थियो । छिमेकी मुलुकमा सफलता पाएर अन्य कम्पनीलाई तेलकुवा बेचेर फर्किसकेको अवस्थामा उसले नेपालका लागि मात्रै भनेर तत्काल काम अगाडि बढाउन चाहेन । टेक्साना रिसोर्सेजले अन्वेषण खण्ड परिवर्तन गर्न खोजे पनि सरकारले अनुमति नदिएकाले आफ्नो एक अर्ब खेर गएको भन्दै क्षतिपूर्ति दाबी गरेको छ ।
विश्वभर पेट्रोलियम कम्पनीले एकैपटक धेरैतिर सम्झौता गर्छन् र सम्भावना उच्च भएका क्षेत्रलाई प्राथमिकता दिन्छन् । मध्यपूर्वमा एक हजार मिटर ड्रिल गर्दामै भेटिने तेलकुवा नेपालमा चार हजार मिटरसम्म खन्नुपर्ने हुन्छ । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने समान हुन्छ । सरकारले आफैँ चासो दिएर जोखिम मोल्नसमेत तयार राम्रा कम्पनीलाई आउने वातावरण तयार पार्नुपर्ने अधिकारीहरू बताउँछन् । विभागका एक अधिकारी भन्छन्, “अब १० वटै खण्डमा असली नियत, क्षमता र भूगर्भीय ज्ञानका आधारमा नयाँ कम्पनी छनोट गर्नु राम्रो हुन्छ ।”श्रोत :अनलाईन खबरहरु

0 comments:

Like us

 

Search

 
Enjoy the site