Below slider

Content left

Content right

 

Tuesday, December 22, 2015

कोषराज वन्तले अख्तियारलार्इ १० करोड धरौटी बुझाए

0 comments

पौस ७ काठमाडौं, भ्रष्टाचार मुद्दामा तानिएका सशस्त्र प्रहरीका निलम्बित महानिरीक्षक कोषराज वन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १० करोड धरौटी बुझाएका छन् ।

सशस्त्रका लागि भएको सामान ढुवानीमा भ्रष्टाचार गरेको अभियोगमा चलाएको मुद्दामा सोमबार अख्तियारमा बयान दिन गएका वन्तले १० करोड धरौटी बुझाएर तारेख लिएका हुन् ।


बयान नसकिएको जनाउँदै अख्तियारले वन्तलाई थुना राख्ने तयारी गरेपछि आफू थुनामा नबस्ने बरु जति भएपनि धरौटी बुझाउन तयार रहेको बताएका थिए ।

वन्तले धरौटी बुझाउने बताएपछि अख्तियारका अधिकारीले वन्तसँग १० करोड धरौटी मागेका थिए । वन्तले उक्त धरौटी वापदको बैंक जमानत दाखिल गराएपछि तारेखमा रिहा भएका हुन् ।

'आयोगले धरौटी जमानत वापत १० करोड रुपैयाँ माग गरेकोमा उक्त रकम बराबरको बैङ्क जमानत दाखिला गर्न ल्याएकोले निलम्बित सप्रमनि वन्तलाई धरौटी जमानतमा तारिखमा राखी थप अनुसन्धान भैरहेको छ', अख्तियारको विज्ञप्तीमा भनिएको छ ।

सामान ढुवानीमा फर्जी बिल बनाइ करोडौं अनियमितता गरेको पाइएपछि अख्तियारको सिफारिसमा सरकारले वन्तलाई निलम्बन गरेको थियो । वन्तले ७ करोड रुपैयाँ बढीको भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site