Tuesday, December 22, 2015

भारतमा नेपाली चेलीको बलात्कार पछि हत्या गर्नेलाई मुत्युदण्ड सुनाइयो

0 comments

काठमाडौं, पुस ७ – मानसिक रुपमा अस्वस्थ एक नेपाली महिलाको सामुहीक बलात्कारपछि हत्या गरेको आरोपमा भारतको एक अदालतले सात जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

भारत हरियाणाको रोहतक जिल्लाको अदालतले मानसिक रुपमाले अस्वस्थ २८ वर्षकी नेपाली महिलाको सामुहिक बलात्कार गरी हत्या गर्ने सात जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । अदालतले यसलाई गम्भीर अपराध भनेको छ ।

गएको फेब्रुअरी १ मा रोहतक जिल्लाको गड्डी खेरा गाउँमा दिदी भिनाजुको साथमा बस्दै आएकी पीडित नेपाली महिला घरबाट हराएकी थिइन । ती महिलाको शव चार दिनपछि रोहतक जिल्लाकै बहु अकबर गाउँमा क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

मानिस रोगको उपचारका लागि बर्दियाको राजापुरबाट भारत गएकी सुनार थरकी ती महिलाको बलात्कारपछि हत्या भएको हो । अदालतले नेपाली युवा सन्तोषसहित भारतीय युवाहरु गुचाडु भनिने राजेश, शीला भनिने सुनिल, बिल्लु भनिने सरवर, मनबरी, माधा भनिने सुनिल, पवन र पदम भनिने प्रमोदलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

प्रहरीले यी सबैलाई गएको फेब्रुअरी ९ मा पक्राउ गरेको थियो । दोषीले रक्सीको नशामा आफूहरुले अपराध गरेको स्वीकार गरेका छन् । अदालत अभियुक्तमाथि जनही एक लाख ७५ हजार रुपैयाँ जरिवानाको पनि फैसला गरेको छ ।

बलात्कारपछि दोषी युवाले महिलाको ढुंगाले हानेर हत्या गरेका थिए । यो घटनाको आठौं अपराधी २२ वर्षका सोमबीरले केही महिना अघि दिल्लीको बवाना क्षेत्रमा आत्महत्या गरेका थिए ।

अभियुक्त विरुद्ध सेप्टेम्बर ७ मा फास्ट ट्रयाक अदालतमा मुद्दा दायर भएको थियो । सुनवाइको क्रममा ५७ जना प्रत्यदर्शिको बयान लिइएको थियो । १८ डिसेम्बर अर्थात पुस ३ गते अदालतले सात अभियुक्तलाई दोषी ठहर गरेको थियो ।

पीडितको पोस्टमार्टम रिर्पोट गर्ने डाक्टरले पनि पीडित महिलामाथि अमानवीय व्यवहार भएको बताएका थिए । सामुहिक बलात्कार पछि पीडित महिलाको हत्या गर्नु अघि शारीरिक यातना दिइएको थियो ।

पीडित महिलाको टाउको, छाती तथा यौनआंगमा चोट लागेको थियो । अदालतले यो फैसलामा चित्त नबुझे दोषीले उच्च न्यालयमा अपिल गर्न सक्ने जनाएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site