Tuesday, December 22, 2015

भारतमा बाबुको हत्यारालाई हत्या गरि १२ टुक्रा पारी बदला लियो

0 comments

७ पौष ,नयाँ दिल्ली–भारतमा एकजना १२ वर्षे बालकले आफ्नो बाबुको हत्यारालाई पनि १२ वर्षपछि हत्या नै गरेर बदला लिएको छ ।

उनले आफू तीन वर्षको छँदा आफ्नो बुबाको हत्या देखेको भन्दै यसरी बदला लिए कि त्यो पुरानो घटना सम्झिदै त्यस हत्यारालाई पनि १२ टुक्रा पारेर नदीमा फालिदिएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुले मङ्गलबार दिएको समाचारअनुसार ती बालकले आफ्नो बाबुको हत्यारालाई घरमा रक्सी खान बोलाएको र रक्सीले मातेका उनलाई छुरी र ह्यामरले हानेर मारेका थिए ।
उनले प्रहरीलाई दिएको बयानअनुसार आफ्नो बुबाको हत्यारालई मार्ने आफ्नो पुरानो इच्छा बमोजिम नै घरमा रक्सी खान बोलाएको र रक्सीले मातेपछि सुरुमा छुरीले हानेर ढालेपछि ह्यामरले टाउकोमा हानेर मारेको बताएका छन् ।

त्यसपछि ह्याक्सो ब्लेडले त्यस व्यक्तिका १२ वटा टुक्रा पारी बोरामा हालेर नजिकैको नदीमा फालिदिएका थिए ।

भारतको उत्तरप्रदेशमा गत हप्ता सो घटना भएको प्रहरीले जानकारी दिएको छ । त्यस व्यक्तिले सन् २००३ मा आफ्नो बुबाको घाँटी रेटेर हत्या गरेको आफूले देखेको भन्दै १२ वर्षीय बालक अलाम खानले सो योजना बनाएको बताएका छन् ।

उनले आफूले विगत लामो समयदेखि सो योजना बनाएको र गतहप्ता त्यो सम्भव पनि भएको सोमबार जानकारी दिए ।

प्रहरीले पक्राउ गरेपछि सोमबार सम्वाददाताहरुसँग उनले भने– मैले विगत लामो समयदेखि यस कार्यका लागि पर्खिरहेको थिएँ र गतहप्ता मेरो सपना साकार भएको छ ।

उनले यसका लागि एकजना साथीको पनि सहयोग लिएको बयान दिएका छन् । तर त्यस व्यक्तिलाई चक्कुले ढलाएपछि ह्यामरले हानेर मार्नेसम्मको काम भने आफैले मात्र गरेको उनले बताए ।
टुक्रा पारिसकेपछि भने प्लास्टिकका विभिन्न पोकामा हालेर नजिकैको नदीमा फाल्ने काममा उनले सघाएको बताए । यसरी मारेपछि उनीहरुले नदीमा लगेर फालेका थिए ।

स्थानीय मोहम्मद राइस नामको त्यस व्यक्तिलाई खानले रक्सी खानका लागि साँझको समयमा घरमा बोलाएका थिए ।

नदीमा शरीरका टुक्रा उत्रिएपछि प्रहरीले मारिने व्यक्ति राइस नै हुन् भनेर चिन्न पनि प्रहरीलाई निकै गाह्रो भएको थियो ।

शव उनैको हो भनेर चिनेपछि भने ती बालकले रक्सी खान बोलाएको र हत्या गरेको विषयमा खुलेको थियो । उनले हत्या स्वीकारीसकेको बयान प्रहरीलाई दिएका छन् ।

खानलाई उद्धृतगर्दै भारतीय पत्रिका टाइम्स अफ इन्डियाले लेखेको छ–मैले उसलाई मारिसकेपछि ठूलो आवाजमा सङ्गीत बजाएँ र उसको शरीरका टुक्रा पारेँ ।

उनले आफ्नो बुबाको हत्यारा को हो भन्ने बारेमा १२ वर्षसम्म कसैलाई पनि भनेका थिएनन् । यसका लागि उनले अत्यन्तै गोप्य रुपमा यो योजना बनाएका छन् र अहिले सफल भएको बताएका छन् ।
प्रहरीसँगको बयानमा उनले भने– मैले यस बदलाका लागि १२ वर्षसम्म कुरेँ र आज काम सम्पन्न गर्न सकेकोमा म निकै खुसी छु ।

उनको अनुसन्धानमा खटेका प्रहरी सुपरिटेन्डेन्ट रामसुरेश यादवले खानले आफूले सो कार्य गरेको र बाबुको हत्यारालाई बदला लिँदा आफूलाई आनन्द आएको भन्दै खानले बिना कुनै पश्चाताप स्वीकार गरेको बताएका छन् ।

प्रहरीले उनको घरबाट त्यस व्यक्तिलाई मार्न प्रयोग गरेका सबै सामाग्री र हतियार बरामद गरिसकेको जानकारी पनि प्रहरीले दिएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site