Monday, December 28, 2015

शेरबहादुर देउवा र आरजु देउवा छुट्टिए

0 comments

पौष १३ ,श्रीमती आरजु देउवाको सनकी स्वभाव र एनजिओको खेतीपातीको कारण डडेल्धुरा देउवा कांग्रेस दुई फ्याक भएपछि शेरबहादुर देउवा आफ्नै गृह जिल्लाको झगडामा परेका छन् । आरजु ५ वर्ष डडेल्धुरा जिल्ला विकास समितिको सभापति र १३ वर्ष जिल्ला कांग्रेसको सभापति भइसके पनि जनाधार भने शुन्य बराबर भएका रघुवर भट्टतिर लागेकी छिन् ।

डडेल्धुरा देउवा कांग्रेस आन्तरिक रुपमा चरम विवादमा फसेपछि सुशील कोइराला गुटकले डडेल्धुरामा खेल्न खोजेको छ । देउवा पक्षमैं भिडाएर फाइदा लिन कोइराला पक्षले प्रयत्न गरिरहेको चर्चा कांग्रेसमा चलेको छ ।

आरजुले महाधिवेशन प्रतिनिधिसमेत हारेका शेरबहादुर देउवाका स्वकीय सचिव रहिसकेका गोविन्द बोहोरालाई बोकेपछि आफ्नो जिल्लामा शेरबहादुर आफ्नै पत्नी आरजुका कारणले कमजोर बन्दैछन् ।

गोविन्द बोहोरा २०४९ सालमा शेरबहादुरलाई कालो झण्डा देखाएर विरोध गर्नेमा पर्छन् । तिनै बोहोराको पक्षमा आरजु देउवा र वर्तमान डडेल्धुरा कांग्रेसका सभापति कर्ण मल्लको पक्षमा शेरबहादुर देउवा देखापरेपछि डडेल्धुरा जिल्लामा शेरबहादुर र आरजु हाँसोको पात्र बनेको समाचार  साँघु साप्ताहिकले छापेको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site