Monday, December 28, 2015

युएईमा कम्पनी छोड्दा लाग्ने ६ महिनाने प्रतिवन्ध हटयो

0 comments

दुवई, पुष १३ - युएईमा नयाँ बर्षसँगै यदि कामदार र रोजगारदाताबीच सहमतिमा श्रम सम्झौता रद्ध गरिएमा कामदारले ६ महिनाको प्रतिवन्ध झेल्नु नपर्ने भएको छ । यो नियम सन् २०१६ को जनवरी देखि लागु हुने स्थानीय अरविक दैनिक पत्रिका अल बयानले समाचार लेखेको छ । यसअघि त्यसरी बीचमै श्रम सम्झौता रद्ध भएमा कामदारले ६ महिनाको प्रतिवन्ध भोग्दै आएका छन् ।

समाचार अनुसार रोजगारदाता र कामदारबीच वर्क परमिट र रोजगारी सम्झौता आपसी सहमतिमा तोडिएमा यसअघि लाग्दै आएको ६ महिने प्रतिवन्धको व्यवस्थालाई हटाइएको युएईको श्रम मन्त्रालयले प्रष्ट पारेको छ ।

मन्त्रालयका अनुसार त्यसरी रोजगार अनुमति खारेज भएमा कामदारले तत्काल अर्को रोजगारी सुरु गर्न पाउनेछन् । दुई बर्ष पुरा नगरेका कामदारले समेत यो सुविधा उपभोग गर्न सक्ने समाचारमा जनाइएको छ । तर मन्त्रालयका अनुसार चौथो र पाँचौं तहका कामदारले भनें पहिलो ६ महिना पुरा नगरी यो सुविधा उपभोग गर्न पाउने छैनन् ।

यो नयाँ व्यवस्था गत सेप्टेम्वरमा घोषणा गरिएको सुधार कार्यक्रम अन्तर्गतको नै भएको युएईका श्रम मन्त्री सकर गोवासले बताएका छन् । नयाँ व्यवस्था जनवरी देखि लागु हुने उनले प्रष्ट पारेका छन् । अहिले गर्न खोजिएको नयाँ व्यवस्था कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण तयार मन्त्रालयले गरिसकेको गोवासले बताएका छन् ।

श्रम मन्त्रालयका सहायक उपसचिव हमिद रसिद दिमास अल सुवाइदीले नयाँ व्यवस्था अनुसार रोजगारादातासँगको सहमतिमा रोजगार अनुमति सम्झौता रद्ध गरेका कामदारले तत्काल अर्को कम्पनीमा काम गर्न सक्ने बताएका छन् । त्यसका लागि युएईमा दुई बर्ष काम गरिसकेको हुनु नपर्ने उनको भनाई छ । नयाँ व्यवस्थाको बुँदा नम्वर ७६६ अनुसार आपसी सहमतिमा सम्झौता रद्ध गरेका कामदारले तत्काल रोजगारदाता परिवर्तनको अनुमति प्राप्त गर्नेछन् । श्रोत साभार देश पर्देश

0 comments:

Like us

 

Search

 
Enjoy the site