Monday, January 4, 2016

कतारमा नेपालीसहित पाँच जनालाई मृत्युदण्डको सजाय

0 comments

२० पौष २०७२ - कतारको क्रिमिनल अदालतले रोजगारदातालाई हत्या गरेको अभियोगमा एक नेपालीसहित पाँच जना कामदारलाई मृत्युदण्डको सजाय दिने फैसला गरेको छ । अदालतले गत बिहीबार नेपाली नागरिक साहताज शेख समेतलाई मृत्युदण्ड दिने फैसला गरेको हो । उनको पूरा विवरण खुलेको छैन । मृत्युदण्ड दिइएका ४ अन्य बंगलादेशी रिबोन खान, दिन इस्लाम अजिज अल रहमान, मुहम्मद रसिद मुहम्मद र मुहम्मद रुसिल हुन् । अदालतमा पेस गरिएको विवरणअनुसार उनीहरुले आफ्नै रोजगारदातालाई निर्माणाधीन भवनको एउटा कोठामा हत्या गरेका थिए । हत्या गरेको रोजगारदाताको विवरण पनि खुलाइएको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site