Monday, January 4, 2016

साउदी अरबले ईरानसंगको कुटनितिक सम्बन्ध तोडे

0 comments

२० पौष - साउदीअरबले इरानसंगको सम्वन्ध तोडेको छ । इरानको तेहरानस्थित दुतावासमा आक्रमण र आगजनीपछि साउदी अरबका विदेशमन्त्री अदिल अल जुवियरले दुई मुलुकवीचको कुटनीतिक सम्वन्ध समाप्त भएको घोषणा गुर्नभएको हो । साउदी सरकारले शिया धर्मगुरु निमर अल निमरलाई फाँसीको सजाय दिएपछि इरानले त्यसको कडा विरोध गरेको छ । साउदीअरबको पछिल्लो कदमले दैविक प्रतिशोधको सामना गर्नुपर्ने इरानले चेतावनी दिएको छ ।

इरानका शीर्ष धार्मिक नेता आयतुल्ला अली खमेनेईल समेत सो घटनाको तीब्र आलोचना गर्नु भएको छ । विश्वभरका शिया समुदायले गल्ती विना नै निमरलाई फाँसी दिएको भन्दै विरोध गरेका छन् । यसैबीच निमरको मृत्युदण्डपछि सांम्प्रदायिक हिंसा भड्कन सक्ने अमेरिकाले चेतावनी दिएको छ ।
तस्विर बीबीसी ।

0 comments:

Like us

 

Search

 
Enjoy the site